आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको एक क्वारेन्टाइनमा रहेका ६२ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाको वडा नम्बर १० झिनचौर माबि क्वारेन्टाइनमा बसेका उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरु सबै भारतका बिभिन्न ठाउँबाट आएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । उनका अनुसार उनीहरुको स्वाब संकलन गरेर परिक्षणका लागि दाङ पठाईएको थियो । उनीहरु सबैलाई क्वारेन्टाइनको १७ औं दिनपछि आआफ्नो घर पठाईएको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto