बैरागी काँइलालाई चिठी

Byआहा सञ्चार

२०७७ जेष्ठ २३, शुक्रबार १०:५२


हेमराज श्रेष्ठ
मुसिकोट न.पा.–१, खलंगा, रुकुम (पश्चिम)

election adv.

बैरागी काँईला तपाईको हालखबर के छ ? हाल विश्वप्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको विषयमा के कस्तो गर्नु भएको छ ? विश्वको दुष्मण कोरोनाले ठूलाठूला देश अमेरिका, चीन, जर्मन विश्वका ठूलाठूला देशहरु आ–आफनो शक्ति प्रदर्शन गर्ने देशहरुलाई ठूलो क्षती पु¥याई रहेको छ तर हाल विश्वलाई हल्लाइरहेको कोरोना भाईरस तेस्रो विश्व युद्ध जस्तै माने हुन्छ । किन भने कोरोनाभाइरस एक र विश्वका देशहरु एक भएर पनि कोरोनाभाईरसले जितिसकेको छ । कोरोना भाईरसले बिश्वमा ठुलो संकट निम्त्याएको छ । वैरागी काँईला कोरोनाभाईरस पलायन पछि तिमी तिम्रो गाउँ जिल्लामा के काम गर्दै छौ ? त्यस्तै नेपालले त सुख शान्ति कहिले पाईरहेको छैन । बेला बेला कुनै न कुनै समस्याबाट पिरोलिरहेको हुन्छ । ठूलाठूला विकसित देशहरु राज्यसत्ता चुपचाप शान्त सँग देश चली रहेको छ । हाम्रो जस्तो सानो देश सुख र शान्त सँग चल्न सकेको छैन । लोकतान्त्रिक विधिमा देश चल्ला भनेर देश र जनताले आशा गरिरहेको बेला कहिले भुइचालो जान्छ कहिले कोरोना भाईरस आउँछ, कहिले नौ महिने सरकारले सताउँछ कहिले देशमा भ्रष्टाचारले सताउँछ ।
जे जस्ता सरकार चलाएपनि भ्रष्टाचारी र अत्याचारी नेपाली जनताका दुष्मणहरुले देशलाई माथि आउन नदिएको हुँदा यी भ्रष्टाचारी निर्वाचन हुनुभन्दाका पहिले आर्थिक दशा अर्को निर्वाचनसम्मका दशा जनताले राम्रो सँग पहिचान गर्नेछन । किनकी निर्वाचनमा करोडौ रुपैया खर्च गरेर अरवौ रुपैया कमाउनका लागि रहेछ । देश विकास देशमा सुख शान्ति अमन चैन कहिले होलार गरिब देशमा भ्रष्टाचारले टुपी नागी सक्यो त्यसैमा फेरी भारतले समय समयमा नाकाबन्दी गरि आफ्ना देशका जनता सिमा मिच्न पठाईरहेको छ । यो एउटा बिडम्बनाको कुरा हो । १८१६ देखि कालापानी लिपुलेख भारतीय विस्तारबादले हडपेको छ । त्यस विषयमा बैरागी काँँइला तपाई किन बोल्नु भएकोे छैन । बोलेको भए तपाईको चर्को आवाज आउनुपर्ने हो बोल्न डर लाग्छ भने इतिहासको पाना १८१६ को इतिहास हेर्नु हामी वीर नेपाली छौं । अन्याय गर्नुहुदैन अत्याचार सहनु हुदैन मैले एकपटक कालापानी लिपुलेखको विषयमा लेख लेखेको तपाईको चित्त बुझेको थियो की थिएन ।
देशमा भ्रष्टाचार गर्नुभन्दा देशभक्त बन्नु हिजोका भारत अमेरिका बिस्तारबादहरु अब त्यो शब्द वाल पेन्टीङमा पुराना भईसके तर आज भोली के ती देशहरु सच्ची सकेका हुन । सच्ची सकेको भए नेपालमा पटक पटक नाकाबन्दी गर्नु सिमाना अतिक्रमण गर्नु ति कुरा विर्सि सकियो । बैरागी काँइला भ्रष्टाचारी हुनुभन्दा मर्नु राम्रो देशभक्त हुनुपर्दछ । राजनितीमा देश चलाउनु पर्दछ भने कृष्णप्रसाद भट्टराई, मनोमोहन अधिकारी, लालबाबु पण्डित, शुसिल कोइराला जस्ता देशभक्त भ्रष्टाचार त्याग गरेर देशमा संविधानलाई इज्जत गरेर सत्ता चलाउन सक्नु वेश हुन्छ । बैरागी काँइला संविधान ऐन नियम कसलाई हुन्छ ? हामीले ऐन नियमको खिलापमा गयौं भने हामीलाई ऐनले छुन्छ तर जुन नेताले ऐन बनाउँदछन ति नेताले देशको ऐन उलघंन गर्दछन । जस्ले देशमा भ्रष्टाचार नगर्ने भनेर १० ठाँउमा भाषण गर्दछन ति नेताहरुले भ्रष्टाचार गरी जग्गा जमिन कसरी लुकाउनु सुन कसरी लुकाउनु कसरी जनताको सर पुगी अर्को निर्वाचनमा विजयी हुने भनेर मनमा गनथन गर्दछन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto