रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड तथा प्रहरीमाथी अभद्र व्यवहार गरेको अभियोगमा मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी पक्राउ परेका छन । उनी संगै स्थानीय राजन केसी र खिलराज गिरीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट अभद्र व्यबहार अभियोगमा १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रमुख ठगबहादुर केसीले जानकारी दिए । उता वडा अध्यक्ष केसीले भने कामको सिलसिलामा आफु सिम्लीतिर जाँदै गर्दा लकडाउनको समयमा जान नमिल्ने भन्दै प्रहरीले रोकेपछि केहि भनाभन तथा सामान्य घटनाक्रम भएको बताए । यो ब्यक्तिगत घटनाक्रम भएपनि पार्टी र वडा सरकारसंग जोडेर प्रचारबाजी भएकोमा आपत्ति समेत जनाए ।

*वडा अध्यक्ष केसि पक्राउ परेपछि समाचार अपडेट गरिएको । सम्पादक ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto