मेगराज खड्का
रुकुम

सयुंक्त दलित अधिकार मञ्चद्धारा प्रतिबेदन सार्वजनिक
रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीगाउँमा शनिबार बेलुका ६ जनाको ज्यान जानेगरि भएको घटनाबारे सयुक्त दलित अधिकार मञ्च रुकुम पश्चिमले स्थलगत अध्ययन प्रतिबेदन सार्वजनिक गरेको छ । आईतबार बेलुका सदरमुकाम खलंगामा पत्रकार सम्मेलन मार्फत आफ्नो अध्ययन प्रतिबेदन सार्वजनिक गरेको छ । १५ पृष्ठ लामो उक्त प्रतिबेदनमा अध्ययनको पृष्ठभूमि, उदेश्य, प्रकृया, सहभागी ब्यक्ति तथा संस्था, मृतक परिवारको भनाई, सोती गाउँका स्थानीयको भनाई, जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरुको भनाई पनि समेटिएको छ ।

अध्ययन टोलिले दुबै पक्ष तथा स्थानीय राजनैतिक दल र सरोकारवाला निकायहरुको भनाई र अध्ययनबाट केहि निष्कर्ष निकालेको छ । निष्कर्षमा जाजरकोटका नबराज बिक र सोती गाउकी मल्ल थरकी केटि बिच प्रेम सम्बन्ध रहेको, उमेर नपुगेको कारणबाट परिवारबाट भएको अवरोध, दुबैतिर बढ्दै गएको तनाब, तनाबसंगै भएको मनमुटाव बढ्दै जाँदा ज्यान जाने गरि भएको घटनाको पृष्ठभूमी र श्रृखलाबद्ध गतिबिधीलाई मुख्य अध्ययन निस्कर्ष बनाईएको छ । जसमा केटिका घरपरिवारले अन्तरजातीय प्रेम सम्बन्धलाई स्वीकार गर्न नसक्नु सुसुप्त अवस्थामा रहेको जातीय बिभेदको पराकाष्टा भएको उल्लेख गरेको छ । त्यस्तै केटा केटि बिचको प्रेममा अवरोध हुने भएपछि दुई पक्षको दुरी बढ्दै गएर जुनसुकै मुल्य चुकाएर पनि केटिलाई आफ्नो बनाउने केटाको हठ, लकडाउनको समयमा १९ जनाको संख्यामा गएर केटि भगाउन खोज्नु उनको ठुलो दुस्साहस, असावधानी र अज्ञानता पनि उक्त घटनाको कारण देखाईएको छ ।
प्रतिबेदनमा केटा र केटि दुबै पक्षका परिवारको भनाईहरु पनि समेटिएको छ ।

मृतक परिवारको भनाईमा अन्तरजातीय प्रेम सम्बन्ध रहेको, केटिले बोलाएर केटा भगाउन गएको र जातीय भेदभावकै कारण उक्त घटना घटाईएको उल्लेख गरिएको छ । त्यस्तै सोतीका स्थानीयका अनुसार यो घटनालाई जातीय भेदभावसंग जोडिएकोमा दुख लागेको बताएको र गाउँमा मल्ल र दलित समुदायबिच यसअघि अन्य अन्तरजातीय बिहे भएको बताएका छन । सोहि दिन घट्न पुगेको घटनाको कारण उक्त बिहेको सम्बन्धमा कुनै पनि बिषय र प्रबेश नै नभएको उनीहरुको भनाई छ । स्थानीयहरुले जाजरकोटबाट उनीहरु लकडाउनको समयमा ठुलो संख्यामा आएर स्थानीय बिनोद मल्लको घरमा गएर घेरा हालेको खबर बाहिरिएपछि स्थानीयहरु कहाँ के भयो भनेर त्यहाँ पुगेको र भाडदौडका क्रममा त्यस्तो घटना घटेको हुनसक्ने बताएका छन । जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरुले पनि उक्त मञ्चलाई घटनाको बिषयमा फरक फरक जानकारी र विचार राखेका छन । सयुक्त दलित अधिकार मञ्च रुकुम पश्चिमका संयोजक उपेन्द्रलाल कामीका अनुसार उक्त रिपोर्ट जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा पठाईने छ ।
हेनर्सहोस सयुक्त दलित अधिकार मञ्च रुकुमले सार्वजनिक गरेको प्रतिबेदनका निस्कर्ष जस्ताको तस्तै ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto