मेगराज खड्का
रुकुम
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले अत्यावश्यक काम बाहेक बाहिर निस्किएर भिडभाड गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताएका छन । जिल्ला प्रशासन रुकुम पश्चिमले जिल्लाभर निषेधाज्ञा जारी गरिसकेको हुँदा कोहि कसैले यस्तो गरिएको देखिए नियन्त्रणमा लिएर कानुन अनुसार कारबाही गर्ने बताएका हुन । कोराना भाइरस जोखिम नियन्त्रणका सन्दर्भमा स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार आज देखि १८ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । माथी उल्लेखिम अवधीभर औषधी उपचार र खाद्य बस्तु खरिद लगायतका अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन पाउने छैनन । त्यस्तै अस्पताल सेवा, औषधी पसल, पेट्रोल पम्प, खाद्यान्न पसल बाहेक अन्य कुनै पसलहरु संचालन गर्न पाईने छैन ।

फेसबुक प्रतिक्रियाहरु
