मेगराज खड्का
रुकुम
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आज एक सूचना मार्फत निषेधाज्ञा जारी गरेको छ । कोराना भाइरस जोखिम नियन्त्रणका सन्दर्भमा स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार आज देखि चैत्र १८ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । माथी उल्लेखिम अवधीभर औषधी उपचार र खाद्य बस्तु खरिद लगायतका अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन पाउने छैनन । त्यस्तै अस्पताल सेवा, औषधी पसल, पेट्रोल पम्प, खाद्यान्न पसल बाहेक अन्य कुनै पसलहरु संचालन गर्न पाईने छैन । यदि सूचना बिपरित गरेमा कानुन अनुसार नियन्त्रणमा लिएर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु