मेगराज खड्का
रुकुम

विश्वब्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोराना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि रुकुम पश्चिममा पनि सक्रियता बढाईएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आज पत्रकार सम्मेलनको आयोजना गरि जिल्लामा पनि कोरोना भाईरस भित्रिन नदिन जिल्लामा यात्रु भित्रिने ठाउँहरुमा स्वास्थ्य चेकजाँच पोष्ट स्थापना गरेर चेकजाँचमा कडाई गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार कोराना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ५ बेडको आईशुलेशन कक्ष स्थापना गरिएको छ । त्यस्तै कारोना संकास्पद ब्यक्तिहरु उपचारका लागि आएमा जिल्लाभर करिब ५० बेडको क्वारेनटाईन कक्ष स्थापना गरिएको छ । जसमा स्वास्थ्य संस्था संगै नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले पनि क्वारेनटाईन बेडहरु स्थानापना गरिसकेका छन ।
त्यस्तै जिल्ला स्थित केहि होटल र शैक्षिक संस्थाको भवनहरुमा पनि क्वारेनटाईन कक्ष स्थापनाको तयारी भैरहेको पनि बताईएको छ । जिल्लाका लागि आवश्यक थप स्वास्थ्य सामाग्री केन्द्र सरकारसंग माग गरिएको र छिटै उपलब्ध हुने बिश्वास ब्यक्त गरे । त्यस्तै मास्क लगायतका अन्य सामाग्रीहरु निर्माण गर्न स्थानीय सरकारहरु आफै लागिपरेको पनि उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto