आहा सञ्चार
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले कारोना संक्रमण रोकथाम, नियन्त्रण, चेकजाँच र उपचार कार्यका लागि सक्रियता देखाएको छ । कार्यालयले सोमबार एक सार्जजनिक सूचना जारी गर्दै कोरोना संक्रमणबाट बच्न जटिल उपचार तथा अत्यावश्यक कामका लागि बाहेक घरबाहिर नकिस्कनका साथै ब्यक्तिगत सरसफाईमा ध्यान दिन अनुरोध गरेको छ । त्यस्तै जटिल उपचार तथा कोरोनाको संक्रमण भएको आशंका भएमा अस्पताल सम्म आएर चेकजाँच तथा उपचार गर्नको सहजताका लागि बिभिन्न १० वटा एम्बुलेन्सका सम्पर्क नम्बरहरु पनि सार्वजनिक गरेको छ ।
थप जानकारी तथा सूचनाको लागि कार्यालयले जारी गरेको सूचना हेर्नुहोस । उक्त नम्बरहरु स्कृनसट वा डाउनलोड गरेर मोवाईलमा सेभ गर्नुहोस र आवश्यक परेको बेला प्रयोग गर्नुहोस, अरु कसैलाई आवश्यक परेमा पनि दिएर सहयोग गर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto