मेगराज खड्का
रुकुम
बिश्वव्यापी रुपमा ठुलो स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि रुकुम पश्चिममा पनि उच्च सर्तकता अपनाउन जिल्ला स्थित सरोकारवाला निकायहरुद्धारा सामुहिक प्रतिवद्धता ब्यक्त गरिएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिममा बसेको सर्बपक्षिय सरोकारवालाहरुको बैठकमा हाल बिश्वब्यापी रुकुम फैलिरहेको कोभिड १९ (नोभल कोरोना भाइरस) को उच्च जोखिममा नेपाल समेत रहेका कारण सोको संक्रमण रोकथाम र नियन्त्रणका लागि आआफ्नो ठाउँबाट सहयोग सावधानी अपनाउने प्रतिवद्धता जनाईएको हो ।
प्रतिवद्धतामा संभावित कोरोना भाईरसको रोकथाम, नियन्त्रण र सजगता अपनाउन जिल्ला स्थित सम्पुर्ण स्थानीय तहहरु, सरकारी तथा गैरसरकारी कार्यालयहरु, स्थानीय सञ्चार माध्यामहरु र नागरिक समाज लगायत सबै सामाजिक अभियान्ताहरुको सहकार्यमा बिद्यालय लक्षित सचेतनामुलक अभियान संचालन गर्ने उल्लेख गरिएको छ । त्यस्तै जिल्ला स्थित स्वास्थ्य कार्यालयमा आवश्यक आईसुलेशन वार्ड तत्काल निमार्ण गर्ने देखि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको अत्यावश्यक अवस्था बाहेक बिदा स्वीकृत नगर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले जानकारी दिए । कोराना जोखिमकाृ बहानामा हुन सक्ने कालोबजारी र कृतिम अभाब हुन नदिन उद्योग बाणिज्य संघ रुकुम पश्चिमले आवश्यक प्रवन्ध गर्ने र अवाछिन्न कार्यमा कुनै ब्यक्ति तथा संस्था संलग्न भए तत्काल कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि ब्यक्ति भएको छ ।
संक्रमण नियन्त्रणमा नआएसम्म स्वास्थ्य संबेदनशिलतालाई ध्यान दिए जिल्ला स्थित हुने सबै खाले सामाजिक कार्यहरु, भोज, उत्सव एव मेलापातहरुमा सहभागी नहुन आम सर्वसाधरणहरुलाई आह्वान समेत गरिएको छ । यसमा बिषयमा जिल्ला प्रशासन कार्यालय रुकुमले पनि छुट्टै सूचना प्रकाशन गरेर सचेत गराईएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए । त्यस्तै स्थानीय सरकार तथा स्थानीय संचार माध्यामहरुले संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धी स्वास्थ्य सचेतना सम्बन्धी जनहितमा आवश्यक सूचना प्रचारप्रसार गर्ने गराउने प्रतिवद्धा जनाईएको छ ।
फेसबुक प्रतिक्रियाहरु