मेगराज खड्का
रुकुम
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ का तीन वटा बिद्यालयमा ७÷७ वटा झण्डाहरु छन । एउटा राष्ट्रिय झण्डा हो भने अन्य ६ गटा बिभिन्न रंगका भण्डाहरु प्रांगनमा फरफराईरहेका छन । यी झण्डाहरु बिद्यालयको सूचक सजिलै जान्न यसरी सार्वजनिक रुपमा झण्डाहरु फहराईएको हो ।
यी झण्डाहरुको अर्थ फरक फरक छ । यी झण्डाहरुले क्रमस सफा शौचालय प्रयोग, ब्यक्तिगत सरसफाई, महिनावारी व्यवस्थापन, सन्तुलित खाना, सुरक्षित पिउने पानी र बाताबरणीय सरसफाईको सूचक प्रतिशतका बिषयमा संकेत गर्नेछ । शिब आधारभुत बिद्यालय, जनकल्यान आधारभुत बिद्यालय र जनज्योति आधारभुत बिद्यालयमा रहेका ती झण्डाहरुमा हाल राष्ट्रिय झण्डा मात्र सबैभन्दा माथी छ भने अन्य झण्डाहरु सबै तल छन । यसको अर्थ झण्डाले समेटेका बिषयबस्तुहरुमा उक्त बिद्यालयमा कुन सूचकमा कमजोर छ त्यो सूचकको झण्डा सबैभन्दा त देखिएको छ भने अन्य झण्डाहरु पनि सूचकको प्रतिशतका आधारमा तलमाथी छन । बाताबरणीय सरसफाई तथा सुरक्षित खानेपानी बनाउन मानव विकास तथा सामुदायिक सेवा चौरजहारी रुकुम पश्चिम मार्फत खानेपानी तथा सरसफाई परियोजना संचालन पछि यसरी सूचकको स्कोर निकाल्न थालिएको हो ।
रुकुम पश्चिमको एउटा वडामा रहेका ३ बिद्यालयहरुमा मात्र नमुना परियोजनाको रुपमा पहिलो चरणमा यो परियोजना संचालन छ । यस आर्थिक मसान्त सम्म संचालन हुने उक्त परियोजना मार्फत विद्यालयमा सुरक्षित खानेपानी तथा शौचालय निर्माण गरि विद्यालयको सरसफाईको अवस्थामा सुधार गर्ने मुख्य लक्ष रहेको कार्यक्रम अधिकृत गणेशकुमार खड्काले बताए । त्यस्तै महिनावारी भएकावेला छात्रा विद्यार्थीले कक्षा छाड्दा त्यसवाट दैनिक पठनपाठनमा हुने असरलाई निराकरण गर्ने, खानेपानी तथा विद्यालयको सरसफाईको अवस्थामा विद्यार्थी तथा शिक्षकहरुलाई सक्रिय वनाई स्वतस्फूर्त काम गर्ने वानीको विकास गर्ने र छात्रा तथा महिला शिक्षकले महिनावारी भएका वेला विद्यालय छाड्ने अवस्था वाट मुक्त गरिने लक्ष्य रहेको छ । जसका लागि सरसफाईका ६ सुचकलाई उप सुचकका आधारमा अवस्था विष्लेषण गरि आएको नतिजालाई नामअनुसार झण्डाको रङका आधारमा संकेत झण्डाद्धारा विद्यालयमा प्रस्तुत गरिरहेको छ । ‘बिद्यालयमा सरसफाई, शौचालय, महिनावारी व्यवस्थापन वा वाताबरणीय सरसफाईको अवस्थाबारे बुझ्न धेरै सोधखोज गर्नु पर्दैन’ कार्यक्रम अधिकृत खड्काले भने, ‘बिद्यालय बाहिर रहेका झण्डाहरुले त्यस सूचकको अवस्था कस्तो छ भनेर जो कसैले पनि देखेर बुझ्न सक्छ ।’
हाल बिद्यालयको सूचकको अवस्था हेर्दा निकै कमजोर अवस्थामा छ । ६ वटा सूचकलाई १ सय नम्बरमा मुल्यांकन गर्दा प्राय सबै सूचकहरुको अवस्था ३६ नम्बर भन्दा कुनै माथी छैन । जसका कारण राष्ट्रिय झण्डा बाहेक अन्य झण्डाहरु अधिकांस तल नै रहेका छन । यो परियोजना मार्फत बिद्यालयको वाताबरणीय तथा बिद्यार्थीहरुको सरसफाईमा सुधार ल्याएर सबै भण्डाहरु माथी लिने परियोजनाको लक्ष छ । त्यसका साथै आमा समुहको आर्यआर्जनमा सुधार गरि आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरी विद्यालय छोड्ने दर घटाउने र विद्यालयमा दिवस तथा कुनै अवसर पारी सरसफाई प्रतिस्प्रधा तथा पुरस्कार वितरण जस्ता क्रियाकलापद्धारा विद्यार्थी शिक्षक तथा अभिभावक समेतलाई शसक्तिकरण गर्ने लक्ष्य पनि रहेको छ ।
सूचकको स्कोर माथी लिन सचेतनामुलक शिक्षा, तालिम तथा शौचालय निर्माण जस्ता भौतिक पुर्बधारको क्षेत्रमा पनि काम भैरहेको छ । जनज्योति आधारभूत बिद्यालय काँडा र जनकल्यान आधारभुत बिद्यालय वाघखोरमा विद्यार्थीको अवस्था अनुसार २÷२ कोठे छात्र र छात्राहरुलाई छुट्टछुट्टै शौचालयको निमार्ण गरिदै छ । त्यस्तै शिव आधारभुत बिद्यालयमा ४ कोठे शौचालय निर्माण काम पनि जारी रहेको अधिकृत खड्कको भनाई छ ।