आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको डिग्रे शाइकुमारी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा बुधबार जिल्ला स्थित पत्रकारहरु सँग चियापान तथा छलफल कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष वेदराज शर्मा पोखरेलले निकै संघर्षका साथ सहकारीको १३ बर्ष बितेको बताए । संचालक समिति, सेयर सदस्य र सबै सेवाग्राहिहरुको सहयोग, सहकार्य र मायाका कारण ५३ लाख रुपैयाँबाट शुरु गरेको सहकारी यात्रा हालसम्म आउँदा २४ करोड बढीको कारोबार गर्ने जिल्लाकै ठुलो संस्थाको रुपमा उदयमान भएको बताए । संचालक समिति उपाध्यक्ष मनिषा रोकायले सहकारी मार्फत लद्युबित्त सेवा बिस्तार भएपछि आर्थिक क्रियाकलाप गर्न र लगानीको क्षेत्रमा महिलाहरु पनि अगाडि बढेको बताईन । सहकारीबाट रकम लिएर पछिल्लो उत्पादन भन्दा बिलासी क्षेत्रमा खर्च गर्ने गरेका कारण लद्युबित्त कर्जाको केहि आलोचना हुन थालेको भन्दै त्यसका लागि सहकारीबाट लिएको कर्जा सहित ठाउँमा प्रयोग गर्नुपर्ने धारणा राखिन । बैशाख बसान्त सम्म सहकारी संस्थाको कुल पुँजी २३ करोड ९३ लाख १ हजार २ सय ८५ रुपैयाँ रहेको जनाएको छ ।

यसका साथै सहकारी संस्थाको निक्षेप १४ करोड ४६ लाख ३ हजार ४ सय ७८ रुपैयाँ रहेको छ । सहकारी संस्थाले रुकुम पूर्वको रुकुमकोट, रुकुम पश्चिमको आठविसकोट र झुल्नेटामा सेवा केन्द्र स्थापना गरी जनताहरुलाई सेवा दिदै आएको र आगामी वर्षमा रुकुम पूर्वको तकसेरा र रुकुम पश्चिमको चौरजहारीमा सेवा केन्द्र कार्यालय विस्तार गर्ने सहकारी संस्थाको लक्ष्य रहेको प्रवन्धक यज्ञबहादुर विष्टले जानकारी दिए । कार्यक्रमको संचालन सचिब ज्ञानुकुमार शर्माले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto