आहा सञ्चार संबाददाता
रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नं ७ फुक्रुटाकुरा निबासी धर्म बहादुर ओली जन्युद्धका लडाकु हुन् । तत्कालिन १० वर्षे जनयुद्धमा जति लडाई तथा आक्रमणहरु भए अधिकांशमा उनि सहभागी थिए । धेरै लडाइहरुमा उनी साधारण घाइते भए पनि अर्घाखाचीको एक आक्रमणमा खुट्टा र अन्य अंगमामा गम्भिर चोट लाग्यो, बम बारुदका छर्राहरु शरिरबाट निकाल्न सकिएन । बाहिरी अंगको चोट ठिक भएपनि शरिरमा रहेका बम बारुदका छर्राहरुले उनलाई सधै दुख दिइरह्यो ।

धेरै अस्पतालहरुमा उपचार गरेर पनि ठिक नभए पछी काठमान्डौंको नर्भिक अस्पत्तालमा चेकअप गराउदा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । शरिरको सम्वेदनशिल अंग अण्डकोषमा क्यान्सर भएको थाहा पाएपछी अस्पत्तालले २ वटा अपरेशन गर्यो । २ वटा अपरेसन गर्दा पनि ठिक हुने नदेखिएपछी उनी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा थप उपचारको लागी गए । त्यहाँ पनि १ वटा अपरेशन गरेर हाल ६ महिनाको लागि किमो चढाइरहेका छन् । घरको अवस्था साधारण भएका ओलीको उपचारमा अहिले सम्म १७ लाख खर्च भइसकेको छ । उपचारमा खर्च भएको सबै रकम गाउँघरमा महंगो व्याजमा काढेर उपचार गरिरहेको बताउछिन उनकी श्रीमती आशा कुमारी रोका ओली । ‘घरको सबै जायजेथा सकिने अवस्था भैसक्यो र अझै थप उपचारमा कति खर्च हुनेहो भन्ने केहि अनुमान नभएर घरपरिवार सबै निरास छौं’ उनले भनिन । कक्षा २ मा पढ्दा देखि नै तत्कालिन नेकपा माओबादी पार्टीको भातृ संगठन बालक्लबका जिल्ला सदस्य भएका धर्मबहादुर ओली पढ्ने र कमाउने उमेरमा पार्टीका इमान्दार लडाकु बनेर जिन्दगीनै राजनीतीमा विताए । ओलीले जनताको मुक्तिका लागी जनयुद्धमा थुप्रै लडाईमा सहभागी गरे तर आफ्नो शरिर स्वस्थ राख्न सकेनन् र अहिले अस्पतालको सैयामा जीवन मरणको दोसाँधमा पिडा खेपिरहेका छन् ।

पैशा कमाउने र छाराछोरी पढाउने अनि घर परिवारलाई सुखी राख्ने कुरा त परै छ आफ्नो शरिरको उपचार गर्ने पैशा कहाँबाट जम्मा गर्ने भन्ने पिडामा छटपटाइरहेका छन् उनी । सहयोगका लागि पार्टी तथा नेताहरु सबैलाई याचना गर्दा पनि वास्ता नगरेको उनकी श्रीमतीको गुणासो छ । जिल्ला बाट प्रतिनिधीत्व गर्ने, सांसद र पूर्व मन्त्रीहरुले अहिले सम्म एक पटक पनि भेट्न नगएको गुनासो परिवारको छ । उनको उपचारको लागि सानीभेरी गाउँपालिकाले ५० हजार र उनको वडा, वडा नं ७ ले ४० हजार बाहेक अहिले सम्म कुनै नेता तथा सरकारबाट सहयोग भएको छैन । उनकी श्रीमतिले आर्थिक अभावले अस्पतालमा छटपटाई रहेका श्रीमानलाई आआफ्नो ठाउँबाट सक्दो आर्थिक सहयोग गरेर बचाईदिन अनुरोध गरेकी छिन । सहयोग गर्न चाहने ब्यक्तिहरुले बिरामी धर्मबहादुर ओलीकी श्रीमतीको मोबाइल नं ९८४७९९९४८६ र ९८४७९८२३१७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto