जयमान बुढा मगर
रुकुम (पूर्व) भूमे गाउँपालिकामा प्रथम भूमे गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने नेपाल सरकारको निर्देशिका बमोजिम स्थानीय सरकारले पनि सञ्चालन गर्ने उल्लेखित भए अनुसार जिल्लामा भूमेले पहिलो पटक सञ्चालन गरेको हो । जस अनुसार सिस्ने र पुथा गाउँपालिकामा सञ्चालन गर्ने तयारी गरिराखेका छन् । सहिद शुक्र माध्यामिक विद्यालय भूमे ३, सीमामा आइतबार उद्घाटन गरिएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मुल नारा साथ पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभाका सदस्य कमला रोकाले उद्घाटन गरिन ।
खेलकुदको तर्फबाट खेलाडीले राष्ट्रको पहिचानको निम्ति महत्वपूर्ण भुमिका रहेको प्रतिनिधि सभाका सदस्य कमला रोकाले बताइन् । ‘राष्ट्रको पहिचान उठाउनेमा खेलाडीको विकास गर्ने मान्यता तथा खेलाडीलाई सम्मानका लागि राज्यले राष्ट्रपति रनिङ शिल्ड आयोजित गर्ने गरेको छ’ उनले भनिन, ‘युवा विद्यार्थीको चौतर्फी विकास हुने र नयाँ युवाको सर्बागीण विकासमा उक्त खेलकुदले टेवा पुग्ने छ ।’ उनले विकास विरोधी तत्वहरुका बिचबाट आम नागरिकका लागि विकास तिव्रगतिमा भइराखेको बताइन् । प्रदेशस्तरमा सुविधा सम्पन्न रङ्गशला र स्थानीयस्तरमा आवश्यक खेल मैदान निर्माणका योजना अघि सारिएको र गाउँपालिकास्तरमा पन्ध्र शैया हस्पिटल हुने र रुकुमकोटमा ३१ शैया हस्पिटलको काम भइमखेको समेत रोकाले जानकारी दिइन् ।

एकआपसमा विद्यार्थी तथा बालबालिकामा सद्भाव, भावनात्मक एकता कायम गर्नुका साथै शैक्षिक विकास गर्न पनि खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने जिल्ला समन्वय समिति रुकुम (पूर्व)का प्रमुख गेजेन्द्रबहादुर ओलीको भनाई रहेको छ । गत साल सम्ममा जिल्लास्तरीय खेलकुद मात्र हुने गरेको भएपनि यस वर्षबाट स्थानीय सरकारलाई पनि संघीय सरकारको १ लाख ससर्त बजेटमा खेलकुद आयोजना रहेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए । अत्याधुनिक सुविधा सञ्चालन दिने उद्देश्यले मानव विकास केन्द्र भवन निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको अध्यक्ष बुढाले भनाई राखे । भूमेमा मावि ७ वटा रहेका छन् जसमा सात वटै विद्यालयको सहभागिता रहेको छ विभिन्न आयोजित खेलकुदमा प्रतिस्पर्धामा गर्ने छन् ।
प्रथम भूमे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन कार्यक्रमका अध्यक्षता खेल सञ्चालक निर्देशन समितिका संयोजक तथा पालिकाका अध्यक्ष रामसुर बुढा मगरको रहेको थियो । प्रमुख अथिति प्रतिनिधि सभाका सदस्य कमला रोका, विशेष अथिति जिल्ला समन्वय समितिको प्रमुख गजेन्द्रबहादुर ओली अन्य अथितिमा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख तिलक गौतम, वडा नम्बर ३ अध्यक्ष दिलमान रोका, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख डायमण पुन, जिल्ला खेलकुद समितिका रुकुम (पूर्व)का अध्यक्ष हरिबहादुर थापा लगायत विद्यालयका प्रअहरुको आथ्यता रहेकोमा सञ्चालन जिल्ला खेलकुद समितिका सदस्य चन्द्र रसाइली गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto