सर्जना कार्कीे
रुकुम पूर्व सिस्ने गाउँपालिका ३ पोखरामा उपभोक्ता जागरण अभियान सञ्चालन गरिएको छ । “सचेत नागरिकको माग, स्वास्थ्य उपभोग्य नागरिकको माग“ भन्ने नारा सहित अभियान कार्यक्रम सञ्चालन गरिएको हो ।
घरेलु तथा साना उद्योग विकास समिती रुकुम (पुर्व) को आयोजनामा कार्यक्रम सञ्चालन हरिएको हो । कार्यक्रममा व्यापार व्यावसायीहरुलाई प्रक्रिया पुर्याएर व्यवसाय अगाडि बढाउन आगह गरिएको छ ।
व्यवसायको नाममा उपभोक्ताको स्वास्थ्यमा ख्याल नगरी म्याद गुज्रिएका सामानहरु बिक्रीवितरण गर्न नहुने उद्योग अधिकृत नगेन्द्रप्रसाद नेपालले बताए । त्यसैगरी आफ्नो उद्योग, व्यापार, व्यावसाय संचालन गर्दा नेपाल सरकार तथा प्रदेश सरकारले जारी गरेका विभिन्न ऐन, नियम तथा कानुनहरुले दिएको अधिकार प्रयोग र बन्देज लगाएका कामहरु नगर्न आग्रह समेत गरे ।
सिस्ने गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पशुपति खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साहको प्रमुख उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल, प्रहरी सहायक निरीक्षक टेकेन्द्रप्रसाद जोशी लगाएत व्यावसायीहरुको पनि उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto