आहा सञ्चार संबाददाता
साबिकको राप्ती अञ्चलबाट जापान आएर बिभिन्न, पेशा, व्यवसाय, अध्ययन, रोजगारको शीलशिलामा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानले यही जुलाई ७ तारिखमा संस्थाको दोस्रो अधिवेशन गर्ने निर्णय गरेको छ । मे १२ तारीक आइतबार बसेको कार्यसमितीको बैठकले यस्तो निर्णय गरेको हो । २०१३ मा गठन भएको यस संस्था जापानमा क्रियासिल अन्य संघसंस्था जस्तै समाजले पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाको उद्देश्य भनेको जापानमा रहेका राप्ती क्षेत्रका ब्यक्तिहरुबिच आपसी सद्भाव र समस्यामा सामुहिक सहयोगी भुमिका खेल्नु भएको बताईएको छ । अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि तयारी अगाडी बढीरहेको र जापानका विभिन्न क्षेत्रमा रहेका सम्पूर्ण राप्ती वासीहरुलाई सक्रिय उपस्थिती भएर सफल बनाउन आह्वन गरिएको अधिवेशन आयोजक समितीका सदस्य तथा प्रचारप्रसार समितीका संयोजक प्रकाश ओलीले जानकारी दिए ।
थप जानकारीको लागि
मिति: जुलाई ७ तारिख (आइतवार)
समय : बिहान९:०० बजे
स्थान: 東京都新宿区大久保1-10-15(2F) ओकुबो टोक्यो रोधी कल्ब (टोक्यो) कार्यक्रममा उपस्थितिका लागि निम्न ब्यक्तिहरूलाइ सम्पर्क गर्न सक्नु हुनेछ । बिशेश्वर रेग्मी (टोक्यो)090-9811-6226
युवराज रेग्मी (टोक्यो)080-4926-3725
प्रकाश ओली (टोक्यो)08095329081
प्रेमप्रकाश रोका मगर (टोक्यो चिवा). 08044684424 भिम बुढाथोकी (फुकुओका)080 8363 9610