सत्य बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ७ मा जीप दुर्घटनामा घाइते भएकाहरुको सहयोगका लागी राहत संकलन अभियान शुरु भएको छ । वडा नम्बर ८ दाजे बाट राडी तर्फ आउँदै गरेको जीप वडा नम्बर ७ को साउने खोलामा दर्घटना हुँदा घाइते भएकाहरुको सहयोगका लागी स्थानीयबासिहरु विहिबार देखी राहत संकलन अभियानमा जुटेका हुन ।
विहिबार अभियानको पहिलो दिन राहत संकलन टोलीले वडा नम्बर ९ को राडी बजार क्षेत्रमा रकम संकलन गरेको छ । पहिलो दिन ८६ हजार ६ सय ८५ रुपैया संकलन भएको वाडा नम्बर ९ का वडा अध्यक्ष तारक बहादुर शाहीले बताए । उनका अनुसार सबै भन्दा बढी सुर्याेदय बचत तथा ऋण सहकारी संस्था आठविसकोटले २५ हजार रकम सहयोग गरेको छ ।
घाइतेहरुको उपचारमा सहयोग होस भनी सबै नगरबासिलाई इच्छा अनुसार रकम सहयोग गर्न आग्रह गरिएको नेपाली कांग्रेका क्षेत्रिय सभापती तथा छाँया सरकार आठविसकोटका प्रमुख धिरेन्द्र बटालाले जानकारी दिए ।
राहत संकलन टोलीमा नेपाली का्रगेसका क्षेत्रीय सभापती धिरेन्द्र बटाला, वडा नम्बर ९ का वडा अध्यक्ष तारक बहादुर शाही, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधी चन्द्र बहादुर बुढा (सागर), स्थानीय व्यापारी, होटेल व्यवासायीहरु लगाएत अन्य संघ संस्थाका प्रतिनिधीहरुको पनि सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto