आहा सञ्चार संबाददाता
रुकुम पूर्व सिस्ने गाँउपालिका वडा नं. –६ पाखागाँउ टोलमा खानेपानीको अभाव भएको छ । मध्य पहाडी लोकमार्ग चौडा बनाउने क्रममा खानेपानीको ट्यांकी भत्कीएपछि ६ महिनादेखि अन्तराखोला खानेपानी आयोजना अवरुद्ध भएको हो । लोकमार्गका तल्लो भागमा पर्ने पानी ट्याङकी पाईपहरु ठुला–ठुला ढुङगा र माटोले भत्किएको हो । उक्त खानेपानी आयोजना सिएसपीको आर्थिक सहयोग र जनश्रमदान गरेर १२ लाख रुपैयाँको लागतमा निर्माण भएको थियो ।
त्यस्तै गाँउमै रहेको मुहान पनि भत्किएर नष्ट भएको छ । उक्त मुहान संरक्षण ट्याङकी जलवायु परिवर्तन लापाको आर्थिक सहयोग र जनश्रमदान गरेर ४ लाख रुपैयाँको लागतमा निर्माण भएको थियो । सडक खण्ड निर्माण गर्ने जिम्मा लिएको कालिका कन्स्ट्रसन प्रा.लिलाई पुनःनिर्माणका लागि आग्रह गरेपनि काम अघि नबढेको स्थानीय डिकेन्द्र शाहले जानकारी दिए । उनका अनुसार खानेािनीको समस्याका कारण ९५ घरधरी भएको पाखागाँउका स्थानीयहरु अहिले १ घण्टा समय लाग्ने मूलपानी र कुत्माबाट पानी बोकेर प्रयोग गर्दै आएका छन ।
फेसबुक प्रतिक्रियाहरु