जयमान बुढा मगर
संघीय विकास केन्द्र रुकुमले रुकुम (पूर्व) भूमे गाउँपालिकाकामा रहेका विद्यालयका लागि प्रविधिमैत्री बनाउन तालिम सञ्चालन गरेको छ । भूमे गाउँपालिकामा ३३ वटा विद्यालय रहेका छन् । भूमे गाउँपालिका र आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नम्बर ५ को आर्थिक सहयोगमा संघीय विकास केन्द्र रुकुमको आयोजना रहेको हो । सामुदायिक विद्यालयका शिक्षकहरुलाई वैकल्पिक उर्जा प्रवद्र्धन तथा सूचना प्रविधि व्यवस्थापन सम्बन्धी तालिम मावि काँक्रीमा शुक्रबारबाट सुरु गरिएको हो । ३५ दिने तालिम सञ्चालन गरिएको संघीय विकास केन्द्र रुकुमका अध्यक्ष दलबहादुर खड्काले बताए । ‘गत वर्षमा संघीय विकास केन्द्र रुकुम र भूमे गाउँपलिकाको साझेदारीमा १ देखि १२ सम्मका ४ विद्यालयमा डिजिटल हाजिरी, १ देखि १० सम्मका ७ विद्यालयमा कम्प्युटर ल्याबसँगै ई–लाइब्ररी त्यसैगरी बालविकासका ५ विद्यालयमा डिजिटल पढाईका लागि १÷१ वटा कम्प्युटर उपलब्ध गरिदिएका थियौँ’ खड्काले भने, ‘उक्त प्रविधिबाट पठनपाठन गर्नमा समस्या विद्यालयले जनाएपछि त्यसलाई हल गरिदिने उद्देश्यले उहाँहरुले दर्साएका समस्याका आधार र प्रविधिमैत्रीका लागि आधारभूत तालिम दिइने छ ।’
गत सालमा संस्था र गाउँपालिकाको साझेदारीमा विभिन्न ६ शिर्षकमा गुणस्तर शिक्षा निर्माणमा टेवा पु¥यानका लागि प्रविधिलाई पनि जोडिएर शैक्षिकस्तर माथि उठाउने लक्ष्य राखेको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख डायमण पुनले जानकारी दिए । अहिलेको समयमा हातले कागजमा लेखेर विवरण तयार गर्ने समय नरहेकाले सबै कामकाज विद्युतिय प्रविधिसँगै शैक्षनिक विधि त्यसैअनुसार रहेकोले विद्यालयमा प्रविधि सम्बन्धी आधारभूत ज्ञान हुनुपर्ने आवश्यक रहेको पुनले भनाई राखे ।
३३ विद्यालय मध्यका ११ विद्यालयका शिक्षकका लागि १ हप्ता विद्युतिय सम्बन्धी आधारभूत तालिम पाउने छन् । भने २२ विद्यालयका शिक्षकले पूरा ३५ दिन तालिम दिइने आयोजकले जनाएको छ । २२ विद्यालयका लागि थप कम्प्युटर ल्याब, ई–लाइब्ररी, सूचना सम्बन्धी ज्ञान लगायत सफ्टोयर सम्बन्धी विषेज्ञ प्रशिक्षकबाट तालिम सञ्चालन हुने छ । कम्प्युटर इन्जिनियर विकास केसी, विद्युत् प्राविधिक लोकेन्द्र केसी, कम्प्युटर अफरेटर गोकर्ण खड्का लगायत प्रशिक्षकबाट तालिम चलिराखेको छ । तालिममा आधारभूत ज्ञान सहित विद्यालयमा अहिले बोगिरहेका समस्यका आधारलाई समेटिएर तालिम दिइने प्रशिक्षक गोकर्ण खड्काले बताए ।
उपलब्ध प्रविधिमा अहिले सामान्य अवस्थाका समस्या आउदा पनि उक्त प्रविधिको ज्ञान नहुदा उपयोग विहिन गर्नु पर्ने बाध्यता रहेको सहगागिले जनाएका छन् । आ–आफ्नो विद्यालयमा उपलब्ध भएका प्रविधि सञ्चालन गर्नु पर्ने ज्ञान सम्बन्धी क्षमता विकास गरेर विद्यालयमा अहिले बोगि राखेका विद्युतिय सम्बन्धी समस्या समाधान हुनेमा सहभागि शिक्षकले बताए । भूमेका विद्यालयमा क्रमशः डिजिटल हाजिरी, ई–लाइब्ररी, कम्प्युटर ल्याब तथा बालबालिकाका लागि डिजिटल पढाई सेवा सञ्चालन विस्तार गर्दै जाने भूमे गाउँपालिकाले जनाएको छ । त्यसैको लागि १/१ जना शिक्षकलाई तालिममा सहभागि गराइएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto