मेगराज खड्का
रुकुम
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक जना नेत्रबिक्रम चन्द बिप्लव समुहका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिप्लवको युवा संगठन रुकुम पश्चिमका अध्यक्ष डिल्लीराज शर्मा रहेका छन । उनलाई पक्राउ गर्न प्रहरीले २ राउण्ड हवाई फायर समेत गर्नु परेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ५, नयाँबजारमा चन्दा आतंक गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथी नै ढुंगामुढा प्रहार गरेर भाग्न खोजेपछि प्रहरीले २ राउण्ड हवार फायर समेत गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
उता युवा संगठन रुकुम पश्चिमका ईन्चार्ज भास्कर मल्लले एक प्रस बिज्ञप्ती जारी गर्दै घटनाको भत्सना गरेका छन । युवा संगठन रुकुम पश्चिमका अध्यक्ष शर्मालाई प्रहरीले गुण्डागर्दी शैलीमा पक्राउ र प्रहरीले कुटपिट गरेर घाईते समेत बनाएको उल्लेख गरेका छन । उनले बिनासर्त रिहाईको माग समेत गरेका छन । केहि दिन अघि मात्र बिप्लव निकट बिद्यार्थी संगठन रुकुम पश्चिमका उपाध्यक्ष प्रेमप्रशान्तलाई पक्राउ गरिएको थियो ।