जयमान बुढा मगर
रुकुम (पूर्व) भूमे गाउँपालिकाको मासिक भूमे बुलेटिन प्रकाशन भएको छ । पालिकाद्वारा मासिक प्रकाशन २०७५ फागुन महिनाबाट सुरु गरेको हो । यसअघि रुकुम (पूर्व) नयाँ जिल्ला भइसकेपछि सञ्चार क्षेत्रमा शून्य अवस्थामा थियो । । रेडियो सञ्चालन तयारी भए पनि योजनाले पूर्णता पाएको छैन् । रुकुम (पूर्व) मा पहिलो पटक भूमे गाउँपालिकाले मासिक भूमे बुलेटिन नामक पत्रिका प्रकाशन गरेको छ ।
पालिकाले आयोजना गरेको भूमे बुलेटिन विमोचन मंगलबार पूर्व मन्त्री द्धय गणेशमान पुन र दलजित श्रीपालीले संयुक्त रुपमा विमोचन गरे । पालिकाको काम सम्पादनका कार्य तथा सूचना, सन्देशमुलक गतिविधिहरु सम्प्रेषणबाट समुदायमा विकासका गतिविधि थाहा पाउने माध्यम स्थापित भएको पूर्व मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य गणेशमान पुनले बताए । स्थानीय स्रोत, साधन र स्थानीय नागरिकसँगको ज्ञानको ग्रहणबाट समृद्धको यात्रा तय गर्न सकिने उनले भनाई राखे । सबै क्षेत्रबाट भूमे गाउँपालिका समृद्ध तर्फ अगाडि बढिरहेको छ ।
रुकुम (पूर्व) सञ्चार, सूचनाको पहुँचमा समस्या रहेको र भूमे बुलेटिनले सञ्चार माध्यममा सहयोग मिल्ने पालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए । भूमेका गतिविधि, ऐन, कानून, विद्यार्थीका प्रतिभा, पर्यटन, विद्यालय चिनारी, स्थानीय भाषा सांस्कृतिक संरक्षणका लगायतका विभिन्न स्तम्भलाई स्थान दिइएर शिक्षक बुद्धिजिवीका अनुभूति, सूचना तथा सन्देशमुलक समेटिने उनले बताए । ‘समग्रमा हरेक क्षेत्रका गतिविधिलाई स्थान दिइएको छ त्यसैले कार्य सम्पादनमा सहयोग मिल्ने छ ।’ अध्यक्ष बुढाले भने । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य खेममान खड्का, नेकपाका ५ नम्बर प्रदेशका सचिव बलराम अधिकारी, रुकुम (पूर्व) अध्यक्ष मेघबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु