मृगौला पीडितद्धारा सहयोगको याचना

Byआहा सञ्चार

२०७६ बैशाख २३, सोमबार १६:२३ गते

आहा सञ्चार संबाददाता
उपचारका लागी अस्पताल भर्ना भएका रुकुम (पश्चिम)का मृगौला पिडित एक युवाका परिवारले सहयोगको आचना गरेका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका ८ दुलीका १७ वर्षीय रबिन्द्र बाँठामगरको परिवारले आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन् । दुबै मृगौलाले काम गर्न छोडेपछि उनले अहिले नेपालगञ्ज मेडिकल कलेजमा डाइलासिस गरिरहेका छन् । बाँठाको उपचारमा अहिलेसम्म १५ लाख भन्दा बढि खर्च भएको र अझै पनि धेरै पैसा आवश्यक पर्ने भएकाले सबैलाई सहयोगमा याचना गरेको उनका दाजु रमेश बाँठाले बताए ।
आफ्ना भाईको जिवन बचाउन मृगौला प्रत्यारोपण गर्नुपर्ने र उपचार खर्च महंगो भएकाले आर्थिक साहयोग माग्दै हिडेको उनले बताए । सुरुमा ज्वोरो आउने, बान्ता आउने र प्रेशर बढ्ने लक्षण देखा परे पछी बिरामी भएर स्वास्थ्य चौकी गएका रबिन्द्रको लामो समय पछि मात्र मृगौला फेल भएको थाहाँ भएको दाजु रमेशले बताए । मृगौलाको उपचार गर्न काठमान्डौमा विभिन्न अस्पतालमा उपचार गराउँदा १५ लाख भन्दा बढि खर्च भएपनि अझैसम्म सन्चो नभएको उनले बताए । रबिन्द्रको ज्यान बचाउन मृगौला बद्ल्नुपर्ने डाक्टरले सल्लाह दिएकोले अहिले आर्थिक थप समस्या परेको बताइएको छ ।
उनका परिवारले बिरामी रबिन्द्रको जिबन रक्षाका लागी सरकार, विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तिहसंग हारगुहार गरिरहेका छन् । पैसा नजुटे उपचार हुन नसक्ने र भाईको मृत्यु समेत हुनेभएकाले सहयोग गरिदिनुहुन बाँठा परिवारले सबैलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto