जयमान बुढा मगर
पूर्व मन्त्री दलजित श्रीर्पालीले विभिन्न ठाउँको स्थलगत अनुगमन गरेका छन । पूर्व मन्त्री शेर्पाली भूमे गाउँपालिकाको कार्य सञ्चालन तथा भौतिक निर्माणको अवलोकन तथा जनभेटघाट गरेका हुन । उनले आज मारिङ एकीकृत कृषि तथा वन अनुसन्धान केन्द्रको स्थलगत अनुगमन गरेका छन ।
अवलोकनपछि भूमे गाउँपालिकाले बिकास योजना नेपालको स्थानीय तह मध्यमा नमुनाको रुपमा अगाडि बढिरहेको पूर्व मन्त्री दलजित शेर्पालीले बताए । राजनैतिक बाटोमा लागेको देखि रुकुममा विकास गर्ने सपना राखेकोमा आधारभूत बिकास पूरा भएकोमा खुसी व्यक्त गरे ।

गणतन्त्र स्थापना भइसकेपछि रुकुमका विकास गर्नेमा रुकुमका सबै राजनैतिक दलले साझा एजेण्डा विकास गर्नेमा रहेको थियो जसमा उक्त एजेण्डा पूरा हुँदै गरेको उनले दाबी गरे । आफ्नो जन्मभूमीका पहिला हुर्केको स्मरण गर्दै युद्धकालमा बचाएको ठाउँ यहि रुकुम जिल्ला रहेको र परिवर्तनको नेतृत्व पनि रुकुमबासीले नै गरेको उनको भनाई थियो ।
भुमे ७ गुनाम उनको जन्मभुमी हो । पहिला पढ्नु भएको गुनाम विद्यालय त्यसैगरी युद्धकालमा तालिम गरिएको स्थल अवलोजन पनि गरे । मन्त्रीसगै भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा, नेकपाका जिल्ला अध्यक्ष मेघबाहादुर श्रेष्ठ, मिक नेपालका अध्यक्ष भिउमान घर्ती लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto