आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको सुर्यदय आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । आर्थिक समस्यामा रहेको उक्त बिद्यालयमा ब्यक्तिगत सहयोगमा शैक्षिक तथा भौतिक सामाग्री प्रदान गरिएको हो । हाल भर्ना अभियान चलिरहेका अवस्थामा बिद्यार्थीहरुलाई सरकारी बिद्यालयमा अध्ययन गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ बिद्यालयले बिभिन्न सहयोगी मनहरुको सहयोगमा उक्त सामाग्री जुटाएर हस्तान्तरण गरेको हो ।
युवा युवसायी लालबिर बोहरा, विकासजंग मल्ल र समाजसेबी ईश्वर रावलको सहयोगमा बिद्यालयका लागि आवश्यक ५० हजार बढीको सामाग्री प्रदान भएको हो । जसमा ६५ जना बिद्यार्थीहरुलाई कापी कलम र झोला सगै बिद्यालयका लागि आवश्यक १५ थान कुर्सी रहेका छन । बिद्यालयमा एक कार्यक्रमका बिच उक्त सामागं्री वडा अध्यक्ष हिमबहादुर पाण्डे, सहयोगी युवा व्यवसायी लालबिर बोहरा र विकासजंग मल्लले सयुक्त रुपमा प्रदान गरे । आफुमा धेरै धन भएका कारण यस बिद्यालयमा सहयोग नभएको भन्दै साना सहयोग भएपनि साना बालबालिकाहरुमा बिद्यालय जाने प्रोत्साहान र हौसला दिन आफ्नो खर्च कटाएर यस्तो सहयोग सहयोगी व्यवसायी लालबिर बोहराले बताए ।
वडा अध्यक्ष हिमबहादुर पाण्डेले व्यवसायीहरुको ब्यक्तिगत सहयोगले बिद्यालय र बिद्यार्थीहरुको लागि ठुलो सहयोग प्राप्त भएको भन्दै बिद्यालयको लागि सरकारलाई समेत सहयोग गर्न नैतिक दबाब भएको समेत बताए । बिद्यालयमा भएको आर्थिक समस्या दर्साएर व्यवसायीहरुलाई सहयोग गर्न स्थानीय समाजसेबी कलबहादुर कुँवरले ठुलो पहल गरेको उनको भनाई थियो । बिद्यालयका प्रध्यानध्यापक धन बहादुर घर्तिको संचालन रहेको शैक्षिक सामाग्री बितरण कार्यक्रमको अध्यक्षता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमानसिंह पुनले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto