जयमाान बुढा मगर
रुकुम (पूर्व) भूमे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तहका जनप्रतिनिधि तथा बुद्धिजिवीहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो । विकासमा सबैको प्रतिनिधित्व हुने र सबैको साझा सल्लाह,सुझावबाट विकासमा टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । ‘जनप्रतिनिधि सहितको स्थानीयसँग योजना तर्जुमाको अभिमुखीकरण कार्यक्रम सञ्चालनले आगामी आर्थिक वर्षका लागि योजना सहि तर्जुमा हुन्छ‘ श्रेष्ठले भने, स्थानीयले दर्साएको आधार र संविधान अनुसार बजेट योजना निर्माणमा समेटिएको सिद्धान्त अनुसार योजना निर्माण गर्नेमा सहयोग मिल्ने छ ।’
योजना तर्जुमा गर्नुका विभिन्न चरण, विषयगत क्षेत्रका शिर्षकमा बजेट छुट्याउने, विकासको अवधारणा, विकास र योजनाको सम्बन्ध, त्यसैगरी योजनाहरुको अन्तरसम्बन्ध, दिगो विकासका लक्ष्य लगायतका सैद्धान्तिक विषयमा अभिमुखीकरण गरिएको हो ।
आजबाट सुरु भएको अभिमुखीकरण कार्यक्रम दुई दिन सम्म सञ्चालन हुने छ । योजना तर्जुमाका सैद्धान्तिक विषयमा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले सहजिकरण गरिखेका छन । मंगलबार समूह–समूहमा विभाजन गरेर बस्तुगत विषयमा योजना तर्जुमाको अभ्यास गरिने अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए । उक्त कार्यक्रमले निष्पक्ष दङ्गमा वार्षिक बजेट निर्माण हुने सहभागिले खुसी व्यक्त गरेका छन् । गत १२ गते सर्वपक्षीय–सर्वदलीय आगामी आर्थिक वर्षका लागि अन्तरक्रिया कार्यक्रम सहित अनुमानित बजेट सिलिङ तयार गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto