आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा २ दिने युवा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । यहि शुक्रबार र शनिबार तालिम संचालन गरिएको हो । सानीभेरी गाउँपालिकाको आर्थिक सहयोग र सृजनशिल युवा संजाल नेपाल रुकुम पश्चिमको आयोजनामा भएको तालिममा युवा नेतृत्व, युवा स्वरोजगार, सकारात्मक सोच, संचार सीप र सूचनाको हक प्रयोग लगायतका बिषयमा तामिल केन्द्रित गरहेको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै सानीभेरी गाउँपालिका उपाध्यक्ष ईन्दीरा वलीले सानीभेरी गाउँपालिका युवाको लागि छुट्याएको रकम युवा लक्षित कार्यक्रमहरुमा नै खर्च गरिरहेको बताईन । युवालाई व्यवसायिक, स्वरोजगारमुक र नेतृत्व विकासका लागि बिभिन्न कार्यक्रमहरु संचालन भैरहेको भन्दै युवाहरु एक्लाएक्लै नभएर सामुहिक योजनाका साथ आए गाउँपालिकाले ठुलाठुला अनुदानका कार्यक्रमहरु पनि दिन तयार रहेको बताईन । त्यस्तै कार्यक्रमका बोल्दै प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्लले नेपालमा सक्रिय युवा संख्या धेरै रहेको बताउदै देशलाई अघि बढाउन बिभिन्न क्षेत्रको नेतृत्व गरेर आउन आवश्यक रहेको बताईन ।
सानीभेरी गाउँपालिकामा रहेका बेरोजगार युवाहरुलाई सम्बोधन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनको अन्तिम तयारीमा समेत रहेको उनको भनाई थियो । सानीभेरी गाउँपालिकाका ११ वटै वडाबाट ६० जनाको सहभागीता रहेको तालिमको सहजीकरण राजु लामीछाने र मेगराज खड्काले गरेका थिए । संजालका अध्यक्ष दिपक बिष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन सचिब दिपक बिश्वकर्माले गरेका थिए । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष नरबहादुर पुन लगायतको सहभागीता भएको थियो ।