आहा सञ्चार संबाददाता
विभिन्न पेशा व्यवसाय अध्ययनको सिलसिलामा जापानमा रहेका राप्ती क्षेत्रबासी नेपालीहरुले शरद ओली उपचारको लागि सहयोगार्थ १ लाख सहयोग गरेको छन । केहि महिना अगाडी रुकुम (पूर्व)सिस्ने गाउपालिका वडा नं ५ रुकुमकोट (टाकुरा) निवासी जित बहादुर ओलीको छोरा १८ महिना को शरद ओली जन्मे देखि नै मुटु भित्र प्वाल परेको, श्वासनली बन्द भएको, घाँटी देखि ओठ सम्मको भाग काटीएको र भित्रि तालु पनि नभएकोले यि सबै समस्याको एक/एक गरेर अप्रेशन गर्नु पर्ने समस्या देखिएको थियो । जसको अप्रेशन गर्दा ७०÷८० लाख रुपैया सम्म खर्च लाग्ने डाक्टरको सल्लाह रहेको साथै पीडितको अवस्था नाजुक रहेकोले सम्बन्धित अस्पतालमा लगेर उपचार गराउन नसकिरहेको समस्याको खबर संचार माध्यामबाट थाहा पाएपछि राप्ति समाज जापानको अगुवाइमा आर्थिक सहयोग संकलन अभियान थालिएको हो । टोक्योको सिनोकुबोमा रहेको सिटी एक्सप्रेस मार्फत समाजका अध्यक्ष विशेश्वर रेग्मी र कोषाध्यक्ष युवराज रेग्मी लगाएत सदस्यहरुको उपस्थितीमा सो रकम नेपाल पिडीतको नाममा पठाइएको हो ।

समाजले यस अघि नै दिल वहादुर रम्तेल बचाउ अभियान , धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्प पिडीत, ब्लड क्यान्सरबाट पिडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिएर थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन आर्थिक सहयोगलगाएत जापानमा विभिन्न समस्या पर्दै आएका नेपालीहरु लाई सहयोग गर्दै आएको छ । सबै दुख पिडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगि साथी बनेको छ । यसरी विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दा आफूलाई पनि गर्व लाग्ने र पिडीतको घाउमा मल्हम लगाउने काम गरिएको राप्ती समाजका सदस्य प्रकाश ओलीले बताए ।


सहयोग रकम जम्मा गर्नु भएका सहयोगि मनकाहरुको नाम र ठेगाना यस प्रकार छ !

१.बिशेश्वर रेग्मी (रुकुम पूर्व)१०,००० ¥ २. प्रकाश ओली (रुकुम पूर्व )२५,०००¥ ३.युवक शाही (रुकुम पूर्व )५,०००¥ ४.दिपेन्द्र बुढाथोकी (रुकुम पूर्व )५,०००¥ ५.प्रविण शर्मा (रुकुम पूर्व )५,००० ¥ ६. प्रविण बुढाथोकी क्षेत्री (रुकुम पूर्व)५,०००¥ ७.मोहन शाह ठकुरी (रुकुम पूर्व) ५,००० ¥ ८. विकाश ओली (रोल्पा)५,००० ¥ ९.मनराज विश्वर्कमा (दाङ) ५,००० ¥ १०.मनोज डी.सि. (रोल्पा)५,००० ¥ ११.बिश्व प्रताप बुढा मगर(रुकुम पूर्व)५,००० ¥ १२.अन्नत सुनार (रुकुम पूर्व) ५,०००¥ १३.युवराज रेग्मी (सोल्टी)(प्युठान)२,०००¥ १४.नारायण बुढा मगर (दाङ)२,०००¥ १५. सुनिता शाहि (रुकुम पूर्व) ५,०००¥ १६. केशब भण्डारी (दाङ) २,००० ¥ राप्ति समाज जापानको खाताबाट ५,०००¥

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto