मेगराज खड्का
रुकुम
नेकपा निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमले सार्बजनिक पद धारण गरेका बिशेष गरी जनप्रतिनिधी सहित सबै सरकारी कर्मचारीहरुले आफ्ना छोराछोरी अनिबार्य रुपमा सरकारी बिद्यालयमा भर्ना गर्न माग गरेको छ । शिक्षा विकास तथा समन्वय ईकाई रुकुम पश्चिममा एक ज्ञापन पत्र बुझाउदै सबै स्थानीय तहमा बोद्यार्थ समेत गरेको छ ।
अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष सुशिल बिष्टको हस्ताक्षर भएको उक्त ज्ञापन पत्रमा सबै सरकारी बिद्यालयहरु सुधार गर्न सार्बजनिक पद धारणा गरेका सबै कर्मचारीहरुले अनिबार्य रुपमा सरकारी बिद्यालयहरुमा भर्ना गर्न दबाव दिएको हो । ‘सरकारी बिद्यालय सुधारको भाषण सबै जनप्रतिनिधीहरुको गर्छन तर जनप्रतिनिधीहरुले नै बालबालिका नीजि बिद्यालयहरुमा पढाईरहेको देखिएको छ’ अध्यक्ष बिष्टले भने, ‘भाषण मात्र होईन व्यवहारिक रुपमा सरकारी शिक्षालाई अपनत्व गराउन सबै जीम्मेबार हुनुपर्छ ।’ ज्ञापनपत्रमा बिद्यालयहरुमा बैशाख १५ गते भित्र सबै बिद्यार्थीहरुको हातहातमा पुस्तक उपलब्ध गराउन पनि ध्यानाकर्षण गराएको छ ।
लामो समय देखि बेतलबी बिदामा बसेका शिक्षकहरुलाई दरबन्दीमा तत्काल पदपुर्ति गर्न, नैतिकता र आफ्नो पर्यादा बिपरित काम गरेका शिक्षकलाई कारबाही गर्न र नीजि बिद्यालयहरुमा भैरहेको चर्को शुल्क घटाउन पनि अनुरोध गरेको छ । त्रिजउमाबि बिद्यालयको ८ बर्षदेखि अलपत्र परेको भवनको जिम्मा लिने ठेकेदारलाई कारबाही गर्न पनि माग गर्दै आफुहरुको मागलाई सम्बोधन नगरिए कडा संघर्षमा उत्रिने बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु