डिल्लीबहादुर खत्री
नव गायक बिरेन्द्र सोनीको पहिलो गित भेरी नदि सलल बजारमा आएको छ । बिरेन्द्र सोनी र शान्ति श्री परियारको स्वर, आयुष बिसीकको शब्द र संगितमा उक्त गित बजारमा आएको हो । भेरी नदि सललले रुकुम र चौरजहारी क्षेत्रको पहिचान बोकेको छ । चौरजहारीको बजार, यातायात, कृषि, धार्मिक र पर्यटकीय क्षेत्रहरु समेटेर उक्त गीत निर्माण गरिएको छ । स्थानीय भाकामा उक्त गितको लय रहेको छ । गितको भिडियोको लागि काम भइरहेको र छिट्टै बजारमा ल्याउने गायक सोनीको भनाइ छ । सोनीको भेरी नदि सलल गित बजारमा आएपछि एक कार्यक्रमका बिच उक्त गितको विमोचन गरिएको छ । चौरजहारीमा बिमोचन हुने यो नै पहिलो गित भएको सोनीको दाबी छ । नगरपालिकाका उपप्रमुख राधा रोकाद्वारा शनिबार गितको बिमोचन गरिएको थियोे । नेपाली चलचित्र पाठशाला मार्फत सोनी कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto