आहा सञ्चार संबाददाता
जिल्ला समन्वय समिति रुकुम पश्चिमको बैठकले निर्णय गरेअनुसार जिल्लामा मदिरा बिक्रि बितरणमा रोक लगाएपछि शिलबन्दी गरिएको रुकुम पश्चिम सल्ले स्थित पिके कोल्ड स्टोर्समा गरिएको शिलबन्दी खुलाईएको छ । समन्वयले फागुन १६ गतेदेखि मदिरा बिक्रिबितरण नगर्न भनेपनि अटेर गरेर पसल खालेको भन्दै उक्त पसल मुसिकोट नगरपालिका प्रमुख देबिलाल गौतम नेतृत्वको टोलीले शिलबन्दी गरेको थियो ।

मदिरा ब्यवसायीले आफुहरुले कानुन अनुसार मदिरा बिक्रिबितरण गर्न पाउनुपर्ने माग सहित उच्च अदालत सुर्खेतमा मुद्धा हाल्दा ब्यवसायीकै पक्षमा अन्तरिम आदेश गरेपछि गरेपछि मुसिकोट नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष बिरबल केसीले शिलबन्दी गर्दा लगाइएको ताल्चा चापी व्यवसायीलाई हस्तान्तरण गरेर खुलाएका हुन । अदालतको आदेशमा बिपक्षी जिल्ला समन्वय समिति रुकुम पश्चिमलाई मदिरा बिक्रि बितरणमा रोक नलगाउन र पसल शिलबन्दी गरिएको भए तत्काल खोलिदिन आदेश गरेको थियो ।

तर जिल्ला समन्वय र नगरपालिकाका प्रमुख वा प्रतिनिधीहरुले उक्त आदेश आएको करिब एकसाता बितिसक्दा पनि शिलबन्दी खुलाउन पहल नगरेपछि मदिरा ब्यवसायीहरुले वडा अध्यक्ष मार्फत शिलबन्द खुलाएको मदिरा ब्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नबिन खड्काले बताए । हाल जिल्लाका मदिरा पसलहरु संचालनमा आएपनि मदिरा आयातमा भने सहजता नभएको उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto