मृतक परिवारलाई बिमा रकम प्रदान

Byआहा सञ्चार

२०७५ फाल्गुन २२, बुधबार १७:४४ गते

मेगराज खड्का
रुकुम
प्राइमलाइफ इन्स्योरेन्स शाखा रुकुमले एक मृतक परिवारलाई बिमा रकम प्रदान गरेको छ । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा गएका भूमे गाउँपालिका ९, चुनबाङ रुकुम पूर्वका लोकबहादुर रोकाको गत कार्तिक १ गते मृत्यु भएको थियो ।
मृतकका परिवारले बिमा रकम दाबी गरे अनुसार बुधबार एक कार्यक्रमका बिच बिमा रकम प्रदान गरिएको हो । मृतकी श्रीमति मेघमाली रोकालाई १४ लाखको चेक मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमले हस्तान्तर गरे । प्राइमलाइफ इन्स्योरेन्स उपशाखा रुकुमका प्रबन्धक देउकुमार ओलीका अनुसार उनले बिदेश जानु पुर्ब करिब ४ हजार रुपैयाँ प्रिमिएम बुझाएका थिए भने बिदेश गएको ३ दिनमै उनको मृत्यु भएको थियो ।

मृतक रोकाका ३ छोराहरु रहेका छन । उक्त बिमा रकम घरगृस्थी संचालन सगै बालबालिकाहरुको लालनपालन र शिक्षादिक्षा लगाउने श्रीमति मेघमाली रोकाले बताईन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto