डिल्लीबहादुर खत्री
विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । डिल्लीराज शर्मा (लय संहानी) को अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटी गठन गर्दै युवा संगठनको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको हो । जसको उपाध्यक्ष विवेक बिक, सचिव निर्मला खड्का, ससचिव पदमजंग मल्ल र कोषाध्यक्षमा कुबेर ओलि रहेका छन् । २१ गते जिल्ला सदरमुकाम मुसिकोटमा सुरु भएको सम्मेलन दुई दिनसम्म चलेको हो । सम्मेलन उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष पाटनले गरेका थिए । अब नवगठित युवा संगठन संगठन सुदृढ तथा गठन अभियानमा सक्रिय हुने नव गठित अध्यक्ष शर्माले बताए ।
फेसबुक प्रतिक्रियाहरु
