आहा सञ्चार संबाददाता
रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको सिम्लीमा आयोजना गरिएको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको उद्घाटन कर्णाली प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले गर्ने भएकी छिन । यहि फागन ८ गते दिउसो १ गते मन्त्री केसीले महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माको पनि उद्घाटन कार्यक्रममा बिशेष आथित्यता रहने छ । फागुन ८ गतेदेखि १६ गते सम्म महोत्सव चल्ने महोत्सव मुल आयोजक समिति र कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले सयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन । महोत्सवमा कृषिजन्य उत्पादन अवलोकन तथा बिक्रिबितरण, रुकुम पश्चिममा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण र स्थानीय झाँकिरहेको प्रदर्शन गरिने छ । त्यस्तै संसारकै अग्लो चरा अष्ट्रिज, मुरुभुमिमा पाईने उट र रोटेपिङ लगायतका अन्य मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम पनि संचालन गरिने छ । चलचित्र क्षेत्रका नायकनायिका बिराज भट्ट, झरणा थापा सहित लोक तथा आधुनिक गीतका क्षेत्रमा क्रियासिल दर्जनौं कलाकारहरुको प्रस्तुती हुने महोत्सव मुल आयोजक समिति रुकुम पश्चिमले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto