मेगराज खड्का
रुकुम
सरकारले घोषणा गरेको रुकुम पूर्वको सदरमुकाम गोलखाडा कार्यन्वयन गर्नुपर्ने माग सहित प्रर्दशन गर्दै आएका गोलखाडा पक्षधरका नेताहरुले राज्यले आफुहरुलाई हेपेको भन्दै आफ्नो क्षेत्रमा रहेका सरकारी कार्यालय हटाउने देखि कर्मचारीरुलाई धपाउने उद्घोष गरेका छन । स्थानीय प्रशासनले आफुहरुको शान्तिपुर्ण आन्दोलनलाई कफ्र्यु लगाएर दमन गरेको भन्दै गोलखाडाबासीहरुले छुट्टै समानान्तर सरकार चलाउने गरेका उद्घोष गरेका हुन ।
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा आफ्नो मागहरु सहितको ज्ञापनपत्र बुझाउन दुईतिन दिन लगाएर गाउँगाउँबाट आएपछि प्रशासनले कफ्र्यु जारी गरेर उनीहरुलाई धौलापैरामै रोकेको थियो । धौलापैराको सभालाई सम्बोधन गर्दै रुकुम पूर्वको सदरमुकाम गोलखाडा स्थापनार्थ सरोकार समितिका सदस्य तथा उक्त कार्यक्रमका संयोजक जीतमान पुन मार्सलले रुकुम पूर्वको प्रशासन कार्यालयले गोलखाडाका नागरिकलाई फरक जिल्लाको नागरिक जस्तै सौतेनी व्यवहार गरेको आरोप लगाए ।
आहा संचारसंग टेलिफोनमा कुरा गर्दै उनले रुकुम पूर्वको भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा रहेका सबै सरकारी कार्यालयहरु छिटै हटाउने बताए । उनले भने, त्यहाँ रहेका प्रहरी चौकी देखि सरकारी संरचना सबै र कर्मचारीहरुलाई पनि धपाउछौं, अनी हाम्रो आफ्नै समान्तर सरकार संचालन गछौं, हामीलाई न्याय नगर्ने रुकुमकोटको सरकारको के काम । आन्दोलनकारीहरुले रुकुमकोटमा आफुहरुलाई जान नपाईने भए धौलापैरामै नै आएर ज्ञापनपत्र बुझ्न आग्रह गरेपनि प्रमुख जिल्ला अधिकारी प्रशासन कार्यालयबाट बाहिर निस्कनै नचाहेको उनीहरुको आरोप छ ।
टेलिफोनमा उनीसंग गरिएको कुराकानी सुन्नुहोस

रुकुम पूर्वको मैकोट, कोल र तकसेरा लगायतका ठाउँबाट करिब ६ हजार स्थानीयहरु प्रशासनले निशेधाज्ञा तोकिएको धौलापैरा सम्म पुगेका थिए । तर नेपाल प्रहरी र सशत्र प्रहरीको कडा सुरक्षाका कारण उनीहरुलाई रुकुमकोट प्रबेश गर्न दिईएन । त्यसपछि उनीहरु फिर्ता भएका छन । रुकुम पूर्वमा अपुग भएको भन्दै हेलिकप्टर मार्फत बुटवलबाट सुरक्षाकर्मी त्यस क्षेत्रमा सारिएको थियो । ठुलो संख्यामा जनमास भएका कारण जाडोको बेलामा रातमा खान बस्न समस्या हुने देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto