आहा सञ्चार संबाददाता
रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिदै उच्च सुरक्षा सतर्कता अपनाएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । रुकुम पूर्वको सदरमुकाम गोलखाडा हुनुपर्ने माग सहित स्थानीयहरु आन्दोलित भएका हुन । गोल्खाडा पक्षधरताले प्रशर्दन सगै ज्ञापन पत्र बुझाउन हालको सदरमुकाम रहेको रुकुमकोट आउने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको हो ।
यस अघि नै सुरक्षाकर्मी दोब्बर पारेको प्रशासनले बुधबार बुटवलबाट थप सुरक्षाकर्मी हेलिकोप्टर मार्फत रुकुमकोट झारेको छ । निषेधाज्ञा तोकिएको सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा गोल्खाडा पक्षधरलाई रोक्न प्रहरी बसेको छ । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनको लागि भन्दै ५ हजार बढी सर्वसाधारण बाटोमा रहेको रुकुम पूर्वको सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सदस्य पुनिराज घर्ती मगरले बताए । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले शान्ति सुरक्षा कायम गर्न र जिल्लामा कुनै पनि अप्रिय घटना नघटोस भनेर सुरक्षा ब्यवस्था कडा पारिएको बताए ।
२०७४ माघ ११ गतेको मन्त्री परिषदको बैठकले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो ।
तर निर्णय खारेजीको माग गर्दै सवोच्च अदालतमा रुकुमकोटबासीले रिट हालेपछि उक्त निर्णय कार्यान्वयन हुन पाएको छैन । २०७४ माघ १७ गते परेको रिट उपर सुनुवाई गर्दै अदातलते तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपटि अदालतले १६ औं पटक सम्म उक्त मुद्धाको पेसि सारीसकेको छ । पछिल्लो पेसि यही माघ २७ गते दिन नजिकिँदै जादा दुवै क्षेत्रका सर्वसाधारण आन्दोलनमा छन् ।