आहा सञ्चार संबाददाता
पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई लक्षित गरि रुकुम पश्चिम मुसिकोट नगरपालिकामा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । नगरपालिकाको वडा नम्बर १४ खेताकुनामा आज शिबिरको आयोजना गरिएको मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसीले जानकारी दिईन । उनका अनुसार नगरपालिकाको वडा नम्बर १३ र १४ का स्थानीयहरुलाई लक्षित गरि शिबिरको आयोजना गरिएको हो । नगरपालिकाको आयोजनामा आयोजित उक्त शिबिरमा सहभागी भएर स्वास्थ्य चेकजाँच गर्न सरोकारवाला सबैमा अनुरोध गरिएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

