मोहन बुढाथोकी
रुकुम पश्चिमका एक युवाले आफ्नै लगानीमा तरकारी, च्याउ खेती तथा कुखरा पालन गरेर आम्दानी गर्दै आएका छन ।
मुसिकोट नगरपालीका ६ ट्याखोलाका दिपेन्द्र महताराले तरकारी तथा च्याउ खेती, कुखुरा पालन गरेरै मनग्य आम्दानी गर्दैै आएका हुन । उनले ४ रोपनी जग्गामा १ लाख रकम बराबरको तरकारी खेती, ५० हजार लगानीमा च्याउ खेती गरेका छन । त्यस्तै साढे दुइ लाखको लगानीमा महताराले कुखुरा पालनलाई पनि निरन्तरता दिएका छन ।
देशमा रोजगारी पाइन्न भन्दै विदेशीने लाखाँै युवालाई चुनौती दिदै उनले आफ्नै खेतबारीमा पसिना र मेहनत फलाईरहेका छन । विदेशी भुमीमा गएर रगत पसिना बगाउनु भन्दा स्वदेशमै व्यवसाय गर्दा आफ्नो मात्र हैन समग्र देशको नै आर्थिक अबस्थामा सुधार आउने महतारा बताउँछन ।
उनले गरे के हुन्न र भन्ने सोचका साथ आफ्नै देशको माटोमा बिभिन्न किसिमका ताजा तरकारी फलाई रहेका छन । आफुले गरेको व्यवसायमा स्थानिय सरकारबाट केही रकम अनुदान प्राप्त होस भन्ने उनको ठुलो आशा छ ।
तर सरकारले किसान हरुको लागी लक्षित गरेर ल्याएको रकम भने आफना नातेदारलाई मात्रै दिदै आएको बताएका छन । सरकारले किसान हरुको लागी लक्षित गरि ल्याएको सेवा सुबिधा बास्तविक कृर्षकले पाँउन नसेकेको बताए । साथै महताराले सरकारलाई अबका दिन हरुमा यस्तो नर्गन समेत आग्रह गरेका छन ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख देविलाल गौतमले भने अब छिट्टै महताराको व्यवसाय अनगुमन गरी नगरपालिकाबाट विशेष सहयोग गरिने आश्वासन दिए ।