file photo

डिल्लीबहादुर खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिकाले काम नगर्ने जनप्रतिनिधि तलब भत्ता कटौती गर्ने भएको छ । यहि भदौ ७ गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार यस्तो गर्ने भएको हो । निर्णय अनुसार प्रत्येक वडालाई पाँच भागमा बिभाजन गरि जनप्रतिनिधिलाई जिम्मा दिइने र काम नगर्ने जनप्रतिनिधिको तलब भत्ता कटौती गरि बिकास निर्माणमा खर्च गरिने नगर प्रमुख बिशाल शर्माको भनाई छ ।
उनका अनुसार जनप्रतिनिधिलाई जनताका घरदैलोमा पठाई जनताका समस्याको पहिचान गरि समाधानको पहल गर्न लगाइनेछ । कुनै पनि जनप्रतिनिधिले जनताको काम गरेन् भने त्यसको तलब भत्ता काटिनेछ । यस उत्तरदायी काम भएर जनता र स्थानीय सरकार बिचको सम्बन्धमा सुधार ल्याउने नगरप्रमुख शर्माको बिश्वास छ । कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिलाई तलब तोकेपछि कामको जिम्मेवारी पनि दिएको नगरपालिकाको भनाइ छ । नगरपालिकाको यस्तो निर्णय प्रति स्थानीय जनताहरु भने खुसी देखिएका छन् ।
काम नगरि सरकारी सेवासुविधा मात्रै लिने परिपाटीको अन्त्य हुने जनबिश्वास छ । जनप्रतिनिधि भनेर घरमै बसिबसि तलब खाने जुन परिपाटी थियो त्यस्तो अवस्थाको त यो निर्णय कार्यन्वयन भएपछि हट्ने स्थानीय तिलक शर्माले बताए र तर कार्यन्वयन हुने नहुने हो कि भन्ने पनि उत्तिकै शंका उत्पन्न भएको छ । कर्णाली प्रदेश सरकारले नगरपालिका प्रमुखको ३५ हजार, उपप्रमुखको ३० हजार, वडा अध्यक्षको २२ हजार, कार्यापालिका सदस्यको ९ हजार, वडा सदस्यको ६ हजार र थप प्रतिबैठक १ हजार भत्ताको समेत दिने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto