मतदान गरेर बिव्यस अध्यक्ष छनोट

Byआहा सञ्चार

२०७५ भाद्र ८, शुक्रबार १८:२३ गते

श्रीकृष्ण बुढा
रुकुम पुर्व पुथाउत्तरगंगा गाउँ पालिका वडा नम्बर ९ पुनचौतारामा रहेको बाल विकास आधारभुत विद्यालयको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदको लागि मतदान भएको छ । नयाँ समितिको लागि अध्यक्षमा भिम प्रसाद बि क र तुल प्रसाद बिकले दाबी गरेपछि अभिभावकले मतदान मार्फत चयन गरेका हुन् । ३५ जना अभिभावकले मतदान गरेकोमा भिम प्रसाद बिकले १८ मत ल्याएर बिजय भएका छन । उनका प्रतिपक्ष तुल प्रसाद बिक को १७ मत रहेको थियोे । १ मतले अध्यक्ष अध्यक्षमा निर्बाचित भएको शिक्षक मोहनसिं पुनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto