हचुवा विकासले बर्षातमा क्षति

Byआहा सञ्चार

२०७५ भाद्र ७, बिहीबार १०:३४

आहा सञ्चार संबाददाता
जथाभाबी डोजर लगाएर सडक खन्दा बर्षातको समयमा विकासले बिपत्ती र बिनास निम्त्याएको देशका बिभिन्न ठाउँबाट खबर आउने गरेको छ । असार मसान्तको बेला जसरी पनि बजेट सक्न दिर्घकालिन विकास योजना र वाताबरणीय प्रभाव मुल्यांकन नै नगरेर विकास गरिदा बेला बेला यस्तो समस्या आउने गरेको छ । रुकुम जिल्लाको पनि भिभिन्न ठाउँमा बिकासले बिनाश निम्त्याएको उदाहरणहरु प्रशस्तै छन । त्यसको पछिल्लो उदाहरण बनेको छ मुसिकोट नगरपालिका १३ साधनचौर माथीको ग्रामिण सडक ।

तल रहेको मानब बस्ती र खेतीयोग्य जमिनको वाताबरणीय प्रभाव मुल्यांकनबिना नै गाउँ माथी डोजर लगाएर सडक खनिदा हाल गाउँमा क्षति पुगेको छ । सडक खनिदा माटो भासिएर आएको बाढीका कारण गाउँमा दर्जन बढी घरहरु प्रभाबित बनेका छन भने धान खेती गरेको ठुलो क्षेत्रफल पुरिन पुगेको छ । डाँडाँछिबांग र फलामेढुंगा जोड्ने ंसाधनचौर माथी भएर जाने सडक हाल मुसिकोट नगरपालिकाको वडा नम्बर १३ को बजेटबाट खनिएको थियो । उक्त सडककै कारण यस बर्षातको समयमा बाढी आउँदा साधनचौरका १३ बढी घरहरु प्रभाबित बनेको स्थानीय गोकर्ण खड्काले जानकारी दिए ।

यस अघि पनि त्यस क्षेत्रबाट पहिरो आएर गाउँमा ठुलो धनजनको क्षति गरेको ठाउँ भएपनि बाताबरणीय प्रभाव मुल्यांकनबिना नै हचुवाको भरमा सडक खनिदा यस्तो समस्या सृजना भएको हो । ‘धेरै पहिले पनि त्यसबाट बाट पहिरो आएर गाउँमा ठुलो क्षति भएको थियो, पछि बिस्तारै उक्त पहिरो रोकिदै गएपनि पुनः त्यस ठाउँहरुबाट डोजर लगाएर सडक खनिदा समस्या दोहरियो’ उनले भने, ‘अब क्षति भैसक्यो, स्थानीय सरकारले क्षतिको क्षतिपुर्ति सगै अझै हुनसक्ने क्षतिलाई रोकथाम गर्न जरुरी छ ।’ गाउँमाथीबाट आएको बाढीले बस्ती सगै राम्रो उत्पादन हुने धान खेतीमा समेत क्षति पुगेको छ । पहिरोले स्थानीय टेक बहादुर खड्का, मेघराज खड्का, सन्तोष खड्का र कर्ण बहादुर खड्का लगायतका स्थानीयहरुको घरगोठ र खेतीमा क्षति पु¥याएको छ । दिर्घकालिन सोचबिचार नगरि बस्ती माथी डोजर चलाउदा यस्तो समस्या भएको स्थानीय मेघराज खड्काले बताए ।

‘गाउँमा विकास गर्ने हो तर अध्ययन बिनै गाबिसको चारपाँच लाख सक्काउन हतारमा काम गर्नु हुदैन्थ्यो’ उनले भने, ‘केहि समिति ब्यक्तिको स्वार्थको लागि बृहत छलफल बिना पहिरो जोखिपुर्ण ठाउँमा डोजर चलाउँदा दर्जनौं स्थानीय प्रभाबित हुनु प¥यो, स्थानीय सरकारले पीडितलाई तत्काल क्षतिपुर्ति र रोकथामको उपाय अपनाउनु पर्छ ।’ गाउँमाथीबाट पहिरो आउने समस्या भएपछि उक्त क्षेत्रमा वडा कार्यालयले रोकथामका लागि पहल थालेपनि प्रभावकारी भने हुन सकेको छैन । कार्यालयको सहयोगमा पानी पर्दा माथीबाट आउने बाढीलाई रोकथाम गर्न जस्ता पाताको बार लगाइएको छ । पानी पर्न थालेपछि दिन रात नसुतेर स्थानीयहरु एकै ठाउँमा जम्मा भई पहिरो रोकथामका लागि जुट्ने गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto