अभिभावकको भुमिका खै ?

Byआहा सञ्चार

२०७५ भाद्र ६, बुधबार ११:३४

सम्पादकीय
आजका कोपिला, भोली देशका कर्णधार अर्थात बालबालिका । बालबालिकाहरु भबिश्यको कर्णधार र सफल युवा बन्न उसको शिक्षादिक्षा देखि सामाजिक व्यवहार पनि सकारात्मक परिवर्तन आउन आवश्यक छ । उसले बाल्य कालमा देखेको दृष्टिकोण र गर्दै आएको सामाजिक व्यवहारले गर्दा पनि उसको भबिश्यमा ठुलो प्रभाव पार्न सक्छ । रुकुम पश्चिम पनि पछिल्लो समय बालबालिकाहरुमा अस्वभाविक गतिबिधी बढ्दै गईरहेको छ । पढ्ने र राम्रो प्रगति गर्ने उमेरका बालबालिकाहरुमा पनि बिभिन्न कुलतमा फस्ने देखि चोरी जस्ता सार्बजनिक अपराधहरुमा संलग्न भएको पाईएको छ ।

सदरमुकाम आसपासकै एक दर्जन बढीका चोरी घटनाहरुमा १८ बर्ष मुनिकै बालबालिकाहरु संलग्न रहेको प्रहरी अनुसन्धान बताउछ । साता बिचमै पनि आधा दर्जन बालबालिकाहरु यस्तै चोरीको घटनामा प्रहरी नियन्त्रणमा रहेका छन । उनीहरुले सानातिना सरसमान चोरी गर्ने देखि बजारकै सटर फोरेर समेत पसलबाट समान र लाखौं नगद चोरेको पाईएको छ । त्यसका साथै बालबालिका उमेरमै चुरोट, सुर्ती र मदिरा सहित अन्य प्रतिबन्धित बस्तुहरु रहर वा नशाकै रुपमा प्रयोग गर्ने संख्या पनि बढ्दै गएको छ । बेलुका बेलुका बजार आसपासमा एक फन्को मार्ने हो भने सहजै रुपमा छेउछाउमा नसामा लठ्ठीएकाहरुको जमात  धेरै देख्न सकिन्छ । प्रहरीले बेला बेला त्यस्ता जमानतहरुलाई नियन्त्रणमा दिएर प्रहरी कार्यालयमा दुई चार दिन थुनेर अभिभावकको जिम्मा लगाउने बाहेक अन्य उपाय छैन । बिभिन्न अपराधहरु संलग्न युवाहरुलाई नियन्त्रणमा लिएर उनीहरुको बानिव्यहोरा सुधार गर्न देशका बिभिन्न सुधार गृहहरुमा पठाएको र पठाउने प्रयास गरेपनि घरमा आएपनि पुनः पुरानै नसामा फर्कर्ने गरेका छन ।

भनिन्छ नी बालबालिकाहरु काँचो माटो हुन, उनीहरुको भबिश्व अभिभावकले जस्तो बनाउन खोजे त्यस्तै बन्छ भनेर । त्यसरी नै सानै उमेर देखि बालबालिकाहरुको ईच्छा र चाहाना बुझेर उनीहरुको शिक्षादिक्षा देखि सामाजिक व्यवहारमा निगरानी भएन भने आगामी दिनहरुमा अझै यस्ता घटनाक्रमहरु ठुलो मात्रमा बढ्ने देखिन्छ । बिभिन्न कारणले अभिभावकहरु गुमेका, घर बाहिर रहेका र अरुको जिम्मा रहेका बालबालिकाहरुमा यस्तो समस्या झनै बढी छ । त्यसकारण तपाई यदि घर बाहिर हुनुहुन्छ भने पनि घरमा रहेका आफ्ना बालबालिकाहरुको दैनिकी कस्तो छ, सामाजिक व्यवहार कस्तो छ, कहाँ के गर्दैछन, निरन्तर जानकारीमा हुनुहोस, कुलत र अपराधबाट जोगाउनुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds