मदन बिसी
रुकुमकोट
यस बर्षको एसईई मौका परिक्षा रुकुम पुर्बको रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोट परिक्षा केन्द्रमा नै हुने भएको छ । परिक्षार्थीहरुको मौका परिक्षा अर्थात ग्रेड वृद्धि परिक्षा यस बर्ष देखि रुकुम पूर्वमा नै सञ्चालन हुने भएको हो । नया जिल्लाको मान्यता पाएको झन्डै १ बर्ष पछि पहिलो पटक एसइइको मौका परिक्षा जिल्ला सदरमुकाम रुकुमकोटमा सञ्चालन हुने जिल्ला समन्वय समिती रुकुम पूर्वका प्रमुख गजेन्द्र बहादुर ओलीले जानकारी दिए ।
उनका अनुसार नयाँ जिल्लाको संरचना भैसकेपछि जिल्लामा नै परिक्षा बनाउन प्रदेश र केन्द्र सरकार समक्ष पटक पटक प्रस्ताब गरेपछि समस्या समाधान भएको हो । यसअघि रुकुम पूर्व जिल्लाको परिक्षा रुकुम पश्चिम सदरमुकाममा हुदै आएको थियो । ‘एसईई परिक्षा मात्र होईन अब कक्षा ११ र १२ को मौका परिक्षा पनि आफ्नै जिल्लामा सञ्चालन गर्नको लागि पहल गरिरहेका छौं’ जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख ओलीले भने । रुकुम पुर्ब बाट रुकुम पश्चिममा परिक्षा दिन आउँदा भौगोलिक हिसाबले टाढा हुनुको साथै खर्च पनि धेरै हुने भएकोले परिक्षार्थीहरुलाई निकै समस्या हुने गरेको थियो । अब रुकुम पूर्वमै परिक्षा हुने भएपछि विद्यार्थीहरु खुसि भएका छन ।
यस पटक देखि जिल्लाका ३ स्थानीय तहमा रहेका १९ वटा माध्यमिक विद्यालयका ४ सय ८७ छात्र छात्रा विद्यार्थीहरुले मौका परिक्षा दिदै छ्न । मौका परिक्षा श्रावण २३ गते देखि रुकुम पुर्ब सहित देशका ७७ वटै जिल्लामा सुरु हुँदै छ ।
फेसबुक प्रतिक्रियाहरु