सर्जना कार्की
रुकुमकोट
रुकुम पूर्व सिस्ने गाउापालिकाले आज एक बिज्ञप्ती जारी गर्दै गाउपालिका वडा नम्बर ८ मा धपेमा शनिबार भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जामाखोला बिद्युत आयोजना स्थानीय सरकार अन्र्तगत ल्याई संचालन गर्न राखिएको छलफल कार्यक्रममा वडा नम्बर ८ का अराजक युवाहरुले वडा नम्बर ५ र ६ का वडा अध्यक्षमाथी कुर्सी प्रहार गरि अपमान र दुव्र्यहार गरेको भन्दै दाषीमाथी कानुन अनुसार कारबार्हीको लागि माग गरिएको छ । गाउँपालिका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोबरधन बुढाद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा स्थानीय जनप्रतिनिधिहरुको बेमेलको बिषय देखाएर घटनालाई ढाँकछोप गर्न खोजिएको भन्दै दोषीलाई उम्किन नदिन आफुहरु सजग रहेको पनि उल्लेख गरिरएको छ । हेर्नुहोस यस्तो छ बिज्ञप्ती

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto