सत्य बहादुर बटाला
आठबिसकोट
जाजरकोटको नलगाड नगरपालिका ८ बगरा देखी डोल्पाको हरिया पानी सम्मका लागी छुट्ने सवारी साधनहरु निकै जोखिम पुर्ण अबस्थामा चल्दै आएका छन । वर्षातको समय भए पनि यात्रुहरुको मागलाई मध्यनजर गर्दै बगारा मन्मै तरा, काग खेत, मैदे, चौखा तल्लु बगर गोताम्कोट दामाचौ हुँदै डोल्पा सम्म गाडी चल्ने गर्दछन । भौगोलिक हिसाबले पनि यो बाटो निकै जोखिम पुर्ण मानिएको छ । त्यसमा झन बर्षातको समय पैदल यात्रा गर्ने हो भने पनि माथिबाट ढुङगा तथा पहिरोको उत्तीकै डर उतिकै हुने गरेको छ । गाडिमा यात्रा गर्ने हो भने पनि बाटोमा झरेको पहिरो र बाटोमा भएका खाल्डाले गाडि नै दुर्घटनाको संभावना धेरै रहेको यात्रुहरु बताउछन ।
फेसबुक प्रतिक्रियाहरु