जिप दुर्घटना हुदाँ ९ जना घाईते

Byआहा सञ्चार

२०७५ श्रावण १३, आईतवार १६:५४

ईन्द्रबहादुर बुढाथोकी
सल्यान । जाजरकोट बाट नेपालगन्ज जादै गरेको लु १ ज ३९३४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । ऋषी राजमार्ग अन्र्तगत सल्यान बनगाड कुपिण्डे नगरपालिका १ समाइल नजिकै सडकबाट तल खसेको हो । दुर्घटनामा परेर ९ जना यात्रु गम्भीर घाईते भएका छन् ।
घाइते हुनेहरुमा जाजरकोट बारेकोट गाउँपालिका वडा ४ का ३८ बर्षिय नर ब बोहरा, सोही ठाउकै वर्ष ३७ बर्षिय विष्णु बस्नेत, जाजरकोट भेरी नपा ४ वर्ष ४१ बर्षिय गोपाल नेपाली , ६ बर्षिय आशा नेपाली, ७ बर्षिय आयुष बिक रहेका छन । त्यस्तै सोहि ठाउँका ४९ बर्षिय भक्त कार्की, सल्यान बनगाड कुपिण्डे नपा २ का ३६ बर्षिय देब बहादुर राना, ११ बर्षिय तुल्सी राना र बाँके कोहलपुर नपा का २५ बर्षिय चालक खेम बले रहेका छन ।
घाइते सबैलाई नेपालगन्ज उपचारको लागि पठाएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । गाडिमा रहेका अन्य २ जना भने सामान्य घाईते रहेको र उपचारपछि घर फर्किएको ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज चन्द्र कठायतले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto