मोहन बिसी
रुकुम पश्चिम आठबीसकोट नगरपालिकाले आर्थिक रुपमा विपन्न परिवारका लागि एक सहकारी संस्थामा शेयर लगानी गरिदिएको छ । नगरपालिकाले प्रति परिवार ५ हजारका दरले नगर भरका ६ सय ७३ विपन्न परिवारका लागि आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा शेयर लगानी गरिदिएको हो ।
नगरपालिकाका १४ वटै वडाबाट छनौट गरी विपन्न परिवारका नाममा शेयर लगानी गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामवहादुर केसीले जानकारी दिए । उनका अनुसार सबै वडाबाट प्रति एक हजार जनसंख्या बरावर २० विपन्न परिवार छनौट गरिएको छ । जसअनुसार सबैभन्दा बढी वडा नं ११ बाट ८७ परिवार र सबैभन्दा कम वडा १ बाट २२ परिवारको शेयर नगरपालिकाले हालिदिएको छ ।

election adv.

त्यस्तै वडा नम्बर २ मा ३१, वडा नं. ३ मा ४१, वडा नम्बर ४ मा ४४, वडा नं ५ मा ५८, वडा नं. ६ मा ३९, वडा नं ७ मा ३२, वडा नं. ८ मा ३७, वडा नं. ९ मा ६७, वडा नं. १० मा ५७, वडा नं. १२ मा ६२, वडा नं. १३ मा ३७ र वडा नं. १४ मा ५९ घर परिवार विपन्नको सुचिमा परेका छन् । विपन्नको सुचिमा परेका सबै ६ सय ७३ जना घरपरिवारको नाममा सहकारीमा सेयर हालिएको हो । सेयर लगानिका लागि नगरपालिकाले ३३ लाख ६५ हजार खर्च गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto