आहा सञ्चार संबाददाता
प्रत्येक बर्ष झै यस बर्ष पनि नेपाली कलाकारहरुको टोली भारत जाने भएको छ । तिज बिशेष कार्यक्रमको लागि नेपाली कलाकारहरु भारतको बिभिन्न ठाउँमा जान लागेका हुन । समस्त भारतीय नेपाली समाज हाम्रो मिलन सेवा ट्रस्टको आयोजनामा कार्यक्रम हुन लागेको हो । यस संस्थाको आयोजनामा प्रत्येक बर्ष यसरीनै तीज बिशेष कार्यक्रम हुँदै आएको छ । यहि सेप्टेम्बर १२ मा भारतको अहम्ताबादमा हुने कार्यक्रमका नेपाली लोक कलाकार डिल्ली परियारको नेतृत्वमा कलाकारहरु त्यहाँ पुगेर आआफ्नो प्रस्तुती देखाउने छन ।
जसमा सलिना नेपाली, अन्जली तमाङ, सुबर्ण दुलाल, हेमन्ता बोहोरा, बबिन जङ्ग ठकुरी, सुरक्षा शेर्पाली र मनिसा रोका छन । ‘अहम्ताबादमा हुने तीज बिशेष कार्यक्रममा म नै चार पटक गईसकेको छु’ कलाकार डिल्ली परियारले भने, ‘नेपाली महिलाहरुको महान चाडको रुपमा रहेको तीज भब्य तरिकाले बनाउनुका साथै भारतमा रहेका नेपालीहरु बिच भावना साटासाट गर्न यस्तो कार्यक्रमहरु आयोजना हुदै आएको छ ।’ भारतमा पनि धेरै नेपालीहरु बस्दै आएका कारण नेपालीहरुको चाड बनाउन प्रत्येक बर्ष यस्ता कार्यक्रम आयोजना गरिएको समस्त भारतीय नेपाली समाज हाम्रो मिलन सेवा ट्रस्टकाका अध्यक्ष छबिलाल गोर्खाले जानकारी दिए । उनका अनुसार यहि संस्थाको संस्थाको समन्वयमा गान्धीनगरमा समेत यस्तै प्रकृतिको कार्यक्रम आयोजना हुनेछ । संस्थाका उपाध्यक्षमा भरतसिंह बिश्वकर्मा, सचिबमा महेन्द्रसिंह नेपाली, कोषाध्यक्षमा बम बहादुर सिंह र सदस्यमा दिनेश गोर्खा रहेका छन । संस्थाका पदाधिकारी तथा सदस्यहरुको ब्यक्तिगत प्रयास र लगानी बाट बेला बेला यस्ता कार्यक्रम हुदै आएका छन ।