हिक्मत प्रतेल
रुकुम पूर्व पुथा उत्तरगंगा गाउपालिका १२ फल्नैमा सरसफाई कायक्रम सम्पन्न भएको छ । सचेतना सामुदायिक सस्था र शक्ति सामुदायिक संस्थाको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो । सरसफाई कार्यक्रममा धारा, कुवा, बाटो लगायत सार्वजनिक स्थलको सरसफाई एवम झाँडी सफाई गरिएको थियो ।
वर्षातको समयमा फोहोरका कारण विभिन्न रोगले महामारी फैलाउन सक्ने भएकोले बातावरण लागाएत घर वरिपरि सधै सफा हुनु पर्ने सचेतना सामुदायिक संस्थाकी अध्यक्ष जनकमायाँ बिकले बताइन । उनका अनुसार बर्षात समयमा सरसफाई नगरे पानी,बातावरण प्रदुषण भएर हैजा, झाडापखाला जस्ता महामारी जन्य सरुवा रोग लाग्ने भएकोले बातावरण सरसफाई कार्यक्रमको आयोजना गरेको बताइन । धार्मिक सँस्कृती अनुसार साउनस संक्रान्तिको अबसरमा बिभिन्न रोग घाउ खटिराहरु जान्छ भनी फाल्ने चलन भएपनि सरसफाई, पोषणयुक्त तथा शुद्ध पानीको प्रयोग नगरे रोग फालेर नजाने बताइन । कार्यक्रममा दुवै संस्थाको महत्ववपूर्ण भुमिका रहेको थियो । सचेतना सामुदायीक संस्थाको कमान्डमा कार्यवाहक सचिव राजकुमार प्रतेल खटिइएका थिए । संस्थाले यो नमुना काम गरको भन्दै गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले दुवै संस्थालाई धन्यवाद दिए । त्यस्तै शक्ति सामुदायिक संस्थाको कमान्डमा संस्थाका अध्यक्ष मनि कुमारी छन्त्यालले गरेकी थिइन ।
फेसबुक प्रतिक्रियाहरु