• नाम : अनिल कौशल
    ठेगाना : सानीभेरी गाउपालिका २, गिठाकोट रुकुम पश्चिम
    हाल सिम्ली बजार ।

हिजो आज कता व्यस्त हुनुहुन्छ ?
म आफ्नै सिलाईकटाई व्यबसायमा व्यस्त छु ।

व्यवसायमा आम्दानीको अवस्था के छ ?
यस सिलाईकटाइ क्षेत्रमा आम्दानीको श्रोत राम्रो छ । निरन्तरता भएको खण्डमा २५ प्रतिशत लगानी गरेर १०० प्रतिशत आम्दानी गर्न सकिन्छ ।

सिलाईकटाइ भन्दा अन्य व्यबसाय रोज्न सकिदैन ?
हुनत पैसा कमाउन अन्य व्यवसाय पनी सकिन्छ । तर आत्मबिश्वासी र इच्छाएको व्यवसायमा लाग्दा झन जिवन स्तर समृद्ध बनाउन सकिन्छ जस्तो लाग्छ ।

के तपाई सिलाईकटाइमा नै आत्मनिर्भर बनुला जस्तो लाग्छ ?
एकदमै लाग्छ किनकी सिप र शिक्षा कहिलै पुर्ण हुदैन बरु बिकास हुन्छ । त्यो समयको विकास र परिर्वतन संगै सिपको विकास हुने भएकोले म यस सिलाइकटाइ क्षेत्रमा नै आत्मनिर्भर बनुला जस्तो लाग्छ ।

बिदेशतिरको अनुभब कस्तो छ ?
मेरो बिदेशको अनुभब एकदमै छोटो र सारै नमिठो रह्यो किन भन्दा रहर भन्दा पनी बाध्यताले बाहिरिनु परेको थियो तर मृत्यु संग खेल्दै फकिनु प¥यो । त्यो दिन सम्झदा अझ आत्मबल कम हुन्छ । त्यसैले यसलाइ धेरै सम्झन चाहान्न ।

दैनिक रुपमा बिदेशिने युवाहरुलाइ के सन्देश दिनुहुन्छ ?
वास्तवमा नेपालीहरुको बिदेश जाने भनेको रहर पक्कै होइन वाध्यता हो । त्यसैले देशमा कुनै रोजगारीको अवसर नभए पछि दैनिक २ हजार भन्दा बढि नेपाली आफ्नो जन्मभुमी र आफ्न्त छोडेर बाहिरिनु उनीहरुको रहर होइन बाध्यता हो । यसलाइ नियन्त्रण गर्न राज्यले युवामैत्री रोजगारी मुलक कार्यक्रम ल्याउन जरुरी छ । वास्तवमा परिवार र देशको आशा र भरोशाको खम्बा युवा युवती देश छोडेर बाहिर जानु राम्रो कुरा होइन । कोही आशा बोकेर जान्छन तर लास बनेर फर्किन्छन कसैको परीवारीक संरचना भत्किएको छ । त्यसैले म के भन्छु भने वास्तवमा अर्काको देशमा गएर दासीको जिवन बिताउनु भन्दा आफ्नै देशमा केही गरे सुन फलाउन सकिन्छ । हाम्रो देश त जलश्रोतको दोस्रो धनी देश र त्यसमा पनी कृषि प्रधान देश युवायुवती मिलेर कृषि सामुहिक व्यबसाय गरे राम्रो संम्भाबना छ । त्यसैले क्षणिक सुख र छोटो समयमा धेरै धन कमाउने आशाले आफ्नो र परिवारको भबिश्य नबिगारौ ।

सुख प्राप्त गर्न के गर्नु पर्ला ?
सुख प्राप्त गर्न कहि कतै जानु पदैन सुख आफै प्राप्त हुन्छ । किनकी आफुले गरेका हरेक काममा सफलता मिल्नु पर्छ । अनी आफु जुन ठाउमा छु त्यही ठाउमा सन्तुष्ट हुन सिक्नु पर्छ अनी सुख आफै मिल्छ ।
तपाइ एउटा कला सांस्कृतिमा रुचि राख्ने मान्छे, व्यवसाय र कलासंस्कृतिलाई कसरी जोडेर लिनुभएको छ ?
म कलासंस्कृति लाई भन्दा गीत संगितमा चासो राख्ने मान्छे । अझ लोक संगितलाइ मायां गर्ने मान्छे त्यसैले समग्र क्षेत्रमा रहेका कला संस्कृति, धार्मिक स्थल र पर्यटकिय क्षेत्र लाई बचाउनु पर्छ । त्यस्तै कला संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यले हामीले यस सानीभेरी गाउपालिका स्तरीय कला सांस्कृतिक पर्यटन प्रबद्र्धन मञ्च गठन गरेका छौ र नयां ढंग बाट कला सांकृतिलाइ संरक्षण गरी प्रचारप्रसार ल्याउन प्रयास गरि रहेका छौं ।

तपाइको बिचारमा यस सानीभेरी गाउपालिकालाई थप व्यवस्थित गर्न के गर्नु पर्ला ?
यस सानीभेरी गाउपालिकालाई थप व्यवस्थित गर्न भनेको काम समयमै पुरा हुनुप¥यो । सिंहदरबारको अधिकार गाउगाउमा आयो त भनियो तर जनताले सहजै ढंगले सेवा प्रवाह भएको हेर्न चाहान्छन । जनताले नै मत दिएर जिताएका जन प्रतिनिधिले जनताकै हितको लागी काम गर्नु पर्छ । पालिका भित्रका कर्मचारी पनी कुनै झनजटिला प्रकृयामा नगइ सर्वसाधारणलाइ सेवा प्रवाह गर्नु पर्छ अनी मात्रै चुस्तदुस्त गाउपालिका व्यवस्थीत बन्न सक्छ । गाउँपालिकाले केहि राम्रा कामहरु पनि गर्दै आएको छ । बिभिन्न खालका कानुनहरु निर्माण गर्ने देखि शिक्षा, स्वास्थ्य, यातायात, र कला सांस्कृतिक क्षेत्रमा ठिकै काम गरेको छ ।

अन्त्यमा केही भन्नु छ ?
अन्तमा म के भन्न चाहांन्छु भने समय भन्दा आफु कहिलै महत्वकांक्षी बन्नु हुदैन । किन भने हर कोहीको एकचोटी महत्वपूर्ण समय आउंछ त्यही समयलाई चिन्ने र सदुपयोग गर्न सक्नुपर्छ अनी बिकल्पको खोजीमा दौड्ने कुरा त छदै छ । त्यसैबेला मान्छे असफल हुन्छ । त्यसका साथै मेरा केही मनमा लागेका कुरा यस आहा सञ्चार पत्रिकामा राखिदिनु भएकोमा यस आहा सञ्चार परीवारलाइ धन्यबाद दिन चाहान्छु ।
प्रस्तुती : सुवास बटाला

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto