- दिपक रावल
त्रिबेनि गाउँपालिका पश्चिम रुकुम
१, मायामा ठेस लाग्यो,फर्कियर आए ।
यो मनमा हरेस लाग्यो, फर्कियर आए ।
दिल चोर्नेलाइ मुद्दा हाल्न तम्सिएर गए
उल्टो यता केस लाग्यो, फर्कियर आए ।।
२,मलाई हावा देखायर अनि हुरी देखाएर ।
तर्साउथी मायामा सधै चुरिफुरी देखाएर ।
तिमिले केही गरौली झै लाकै थिएन मलाई ।
आज दिल चोरेरै छोडि बहादुरी देखाएर ।।
३, मलाई आज घरिघरि, हेपियो किन ?
म जस्ता नि थिए वरिपरि, हेपियो किन ?
चोर्न पो लाज, काम गर्न के लाज भन्थे
तर भनेर म्यादी प्रहरी, हेपियो किन ?
४, मन खुसी होला मौरी आफ्नो घार लागेपछि ।
तिम्रो र मेरो सम्बन्धमा फेरि बार लागेपछि ।
आज तिम्रो जीवन कसरी सम्हालु र मेरि सानू ।
आफ्नै जिन्दगी आफैलाइ दिगदार लागेपछि ।।
५, झर्दा खेरि दुख्छ मन, आँसु आँखा बाट ।
कहिले हुने होला पतन, आँसु आँखा बाट ।
हुदाँ खाने हेरिरहन्छन, हुने खाने खाएर जान्छन
यस्तो देख्दा झनै बग्छन, आँसु आँखा बाट ।।
