डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकाको केन्द्र कहाँ बन्ला ? कहिले तोकिएला ? नगरवासि एक बर्ष अघिदेखि यहि प्रश्न गरिरहेका छन् र चासो दिइरहेका छन् । जनप्रतिनिधि निर्बाचित भएको ६ महिना भित्र केन्द्र तोक्ने भने पनि उक्त काम हुन पनि सकेन । नगरपालिकामा भुगोल प्रतिवेदन समिति बनी, प्रतिवेदन पेश गरेको पनि लामै समय बित्यो तर केन्द्र भने तोकिने सम्भावना देखिएन् ।
तर स्थानीय निर्बाचित सरकार बनेको एक बर्ष पछि मात्रै नगरपालिकाको केन्द्र तोक्ने तयारी गरिएको छ । नगर प्रमुख बिशाल शर्माले आहा सञ्चार संग कुरा गर्दै दोस्रो नगर परिषद पछिको पहिलो नगर सभाले नगरपालिकाको केन्द्र तोक्ने बताए । दोस्रो नगर परिषद पछिको नगर सभा पनि भोलि ( शनिबार ) हुदैछ । ‘शनिबार (३०) गते नै नगर सभाको बैठकले केन्द्र तोक्छ, मैले पहिले नै भनेको थिए दोस्रो नगर परिषद पछि केन्द्र तोक्नेछौँ, शनिबार हुने नगर सभाले केन्द्र तोक्नेछ ।’ उनले भने, ‘केन्द्र कहाँ हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्थामा छैनौं, नगर सभाले जहाँ तोक्छ त्यहीँ हुन्छ ।’ उता नगर सभाका एकजना सदस्यले नाम नबताउने सर्तमा नगरपालिकाको केन्द्र अहिले भएको स्थान अथवा बिजयश्वरी हुने बताए । नगरपालिकाको केन्द्रको लागि बिजयश्वरी, नार्जि, शान्तिबजार र चौफा चर्चामा रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु